कर्णालीमा थपिए २० जना कोरोना संक्रमित
सुर्खेत, २४ असार । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।
यो संगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५५० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १६ जना डिस्चार्ज भएका छन् ।
योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार २९१ पुगेको छ । आइसोलेनमा २५३ जना उपचाररत छन् भने अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।
सम्पर्क इमेल : [email protected]