देशभर थपिए ४७३ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १४ हजार ५१९
काठमाडौँ, १८ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ४७६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। जसमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४७३ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५ हजार ३२० पुगेको छ।
देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा १० हजार १३७ जना उपचाररत छन् ।
त्यसैगरी आज महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक डेढ महिने शिशुको मृत्यु भएको छ ।
यो संगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]