शल्यक्रिया पछि कोरोना संक्रमण पुष्टि भएका डेढ महिने शिशुको मृत्यु
काठमाडौँ, १८ असार । शल्यक्रिया पछि कोरोना पुष्टि भएका डेढ महिने शिशुको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार राती उनको मृत्यु भएको हो ।
म्याग्दी स्थायी घर भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका उक्त शिशुलाई स्वास प्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।
शल्यक्रिया गर्नु अघि उनीहरुले शिशुको थ्रोट स्वाब झिकेर कोरोना परीक्षणका लागि पठाएका थिए । मंगलबार उक्त शिशुको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
अस्पतालका ‘कोभिड – १९’ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले शिशुलाई श्वासप्रश्वासमा समस्या रहेको जानकारी दिए।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]