कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

जुम्ला, १० असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सिफ्ट परिवर्तन गर्ने क्रममा परीक्षण गर्दा पीसीआर पोजेटिभ देखिएको बताए । ‘हामीले एक एक साताको आवासीय डिउटी तोक्न थालेका छौँ । एक साता डिउटी सकेर घर जानु अघि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो,’ उनले भने ।

डा थापाले स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि अहिले आकस्मिक बाहेकका सवै सेवा बन्द गरिएको बताए । उनले प्रतिष्ठान तथा अस्पताललाई निसंक्रमण तथा कार्यरत सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भएको जानकारी दिए ।

अस्पताल तथा प्रतिष्ठानमा साढे ३ सय बढी कर्मचारी तथा स्वास्थ्यकर्मी कार्यरत रहेको थापाले बताए ।

कोरोना संक्रमितको उपचार गर्न प्रतिष्ठानले १२० बेडको आइसोलेसन बनाएको छ । सो आइसोलेसनमा केही समय अघि २६ जना संक्रमितलाई राखेको भएपनि अहिले २ जना मात्रै रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *