कोरोनाविरुद्ध लड्न स्वास्थ्यसंग कति छ मेडिकल सामग्री ?
काठमाडौँ, ७ असार । कोरोना भाइरसको संक्रमण दरले तिब्रता पाइरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यसविरुद्ध लड्नका लागि भएका स्वास्थ्य सामग्रीको मौज्दात विवरण सार्वजनिक गरेको छ । सामग्री खरीद तथा व्यवस्थापनको जिम्मा पाएको स्वास्थ्य सेवा विभागले गत शुक्रबारसम्मको विवरण सार्वजनिक गर्दै तत्कालका लागि सामग्री अभाव नभएको समेत दावी गरेको छ ।
विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले संघ प्रदेश र स्थानीय तहका भण्डारणमा पीसीआर रिएजेन्ट ७२ हजार ५०० थान रहेको बताए । यस्तै पीसीआर रिएजेन्ट पोर्टेवल १ हजार ८ थान, आरडीटी ६४ हजार ६०९ थान रहेको बताए ।
यस्तै आरएन एक्सट्रयाक्सन पोर्टेवल संघ, प्रदेश र स्थानीय तहका स्टोरमा गरी १७ हजार ९८० वटा मौज्दात रहेको, आरएन एक्सट्रयाक्सन किट ३८ हजार ७४६ वटा, भीटीएम किट ३० हजार १४६ वटा मौज्दात रहेको बताए ।
उनले विभिन्न दातृ निकाय तथा संघ संस्थाहरुले दिएको सहयोग अहिलेसमम्म आरएन एक्सट्रयाक्सन किट ९६ हजार ७४६ वटा, पीसीआर रिएजेन्ट १ लाख २५ हजार, भिटिएम ७५ हजार १४६ थान आएको समेत उल्लेख गरे ।
कति दिनलाई पुग्छ ?
महानिर्देशक डा सिंहले अहिलेको मौज्दात र प्रतिदिन ५ हजार पीसीआर परीक्षण गर्ने हो भने आरएन एक्सट्रयाक्सन किट १९ दिनलाई, पीसीआर रिएजेन्ट २१ दिनलाई र भिटिएम १५ दिनलाई पुग्ने जानकारी दिए ।
तर उनले केही दिनमै थप सामग्री आउने दावी गर्दै आरएन एक्सट्रयाक्सन किट ५१ दिन, पीसीआर ५५ दिन र भिटिएम ५० दिनको लागि पुग्ने बताए । महानिर्देशक डा सिंहले विश्व बैंकको अनुदान तथा अरु दातृ निकायको अनदान तथा स्वास्थ्यकै खरीद प्रक्रियाबाट थप सामग्रीहरु खरी दगर्न लागिएको बताए ।
उनले विभागसंग अहिल २ लाख २८ हजार ४६९ एन् ९५ मास्क, ३३ हजार ९६ हजार ४२४ थान सर्जिकल मास्क मौज्दात रहेको बताए ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आगामी १५ असार देखि पीसीआर परीक्षण दर दैनिक १० हजार पुरयाउने बताएका छन् । स्वास्थ्यले आगामी २ भदौसम्म देशमा ४० हजार संक्रमित पुग्ने अनुमान गर्दैै त्यहि अनुसारको तयारी अघि बढाएको दावी गरेको छ ।
सम्पर्क इमेल : [email protected]