आइसोलेसनमा भएका कोराना संक्रमितलाई परीक्षण नगरी डिस्चार्ज किन ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको लडाईँका लागि बनाएको इन्सीडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का कोअर्डिनेटर हुन् डा. गुणराज लोहनी ।

मन्त्रालयले शनिबार गरेको पत्रकार अन्तरिक्रिया कार्यक्रममा उनले सम्हालेको आईसीएस अन्तरगर्तका कार्य र निर्णयका बारेमा पत्रकारहरुले प्रश्न उठाएका थिए । त्यसलाई उनले यसरी जवाफ दिए ।

१.  आइसोलेसनमा भएका कोराना संक्रमितलाई परीक्षण नगरी डिस्चार्ज किन ?

डा. गुणराज लोहनी

कोरोना भाइरस (कोभिड – १९) सारा विश्वका लागि नयाँ रोग हो । त्यसैले शुरु देखि अहिलेसम्म पनि यो अध्ययन् कै चरणमा छ । शुरुमा हावाबाट पनि सर्छ भन्ने जस्ता कुरा आयो । रोग भए १४ दिन भित्र पोजेटिभ देखिने भन्ने पनि आयो तर पछि त्यो लामो समससम्म पनि देखिने भयो । यसको मतलव यो रोगको बारेमा अझै पनि फिक्स यहि नै हो भनेर भन्न सकिएको छैन् ।

तर, विभिन्न अनुसन्धानको सिफारिस र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइनबाट के कुरा प्रमाणित भयो भने संक्रमित व्यक्तिमा कुनै लक्षण छैन् (एसिम्ट्रोमेटिक) तर १० दिनपछि पनि पोजेटिभ देखिएको छ भने या त त्यो व्यक्तिमा रहेको भाइरस मरेको हो, यात निस्कृय हो जसले एक अर्कोमा संक्रमण सार्न सक्दैन् भन्ने निस्कर्ष निस्कियो ।

सोही गाइडलाइन अनुसार नै हामीले आइसोलेसनमा भर्ना भएका व्यक्तिमा कुनै लक्षण छैन् भने जाँच नगरी नै डिस्चार्ज गर्ने नीति लिएका हौँ । यही गाइडलाइन अनुसार कतिपय आइसोलेसनमा भर्ना भएकाहरुको डिस्चार्ज समेत भएको छ ।

२. कोरोना संक्रमित कतिसम्म पुग्नसक्छन् ?
विभिन्न देशहरुको अवस्था र हाम्रो देशको तयारी तथा अवस्थालाई ध्यान दिँदा आगामी १८ अगष्ट अर्थात २ भदौसम्म देशमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्न सक्छ भन्ने अनुमान छ । त्यसमा ५ प्रतिशतमा गम्भीर देखियो भने २००० हजार जना र २ प्रतिशत देखियो भने ८०० जना गम्भीर अवस्थामा पुग्न सक्छन् भन्ने अनुमान छ ।

३. भेन्टिलेटर र आइसीयू कति थपियो ?
पहिले ८०० जति भेन्टिलेटर र १६०० आईसीयू थियो । यो बीचमा हामीले भेन्टिलेटरको सख्या १००० पुरयाएका छौँ । आइसीयू १८०० पुगेको छ । प्रत्येक प्रदेशका दुईवटा अस्पतालमा दुईवटा भेन्टिलेटर सहित ५वटा आईसीयू तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ । धेरै ठाँउमा त्यो कार्यान्वयनमा आईसकेको छ ।

यस्तै वीर, पाटन, टेकु, सशस्त्र, नेपाली सेना र वीपी कोइराला स्वास्थ्स्य विज्ञान प्रतिष्ठानमा २० – २० बेडको आईसीयू थप्ने निर्णय भएको छ । अब निजी क्षेत्रका अस्पतालबाट समेत आइसीयू र भेन्टिलेटरको सेवा लिने तयारीमा छौँ ।

त्यसका लागि सरकारले प्रति आइसीयू तथा भेन्टिलेटर प्रयोगको हिसावले खर्चको सोधभर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट पास गराँउदैछौं ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *