त्रिवि आइओएमको रिक्त डीन पदका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ, ३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को रिक्त डीन पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । प्राडा प्रेम ज्ञवालीको संयोजकत्वमा गठित गठित सर्च कमिटिले मंगलबार त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।
स्रोतका अनुसार पहिलो नम्बरमा प्राडा प्रदीप वैद्य, दोस्रो नम्बरमा प्राडा दिव्यासिंह शाह र तेस्रो नम्बरमा प्राडा उक्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ ।
सर्च कमिटीका संयोजक डा ज्ञवालीले नाम सिफारिस गरेको पुष्टि गरे तर क कस्को नाम सिफारिस गरियो भन्ने बारेमा खुलाउन चाहेनन् । उनले भने, हामीले तीन जनाको नाम सिफारिस गरेका छौँ तर को को व्यक्तिको नाम सिफारिस भयो भन्ने बारेमा अहिले सार्वजनिक गर्ने कुरा होइन ।
उनले सम्भावित २३ जनाबाट तीन जना छनौट गरी नाम सिफारिस गरेको बताए । उनले बरिष्ठता, भिजन, अनुभव, कार्यअवधी लगायतका विभिन्न मापदण्ड तय गरी उपयुक्त पात्रलाई छनौट गरेको बताए ।
गत २२ जेठमा प्राडा जगदीश अग्रवालको अवकाससंगै त्रिवि आइओएमको डिन पद खाली छ ।
नाम सिफारिस पछि त्रिवि कार्यकारी परिषदको बैठकले तीनमध्येबाट एक जनालाई डीन पदमा नियुक्ति गर्नेछ ।
डीन पदका लागि नाम सिफारिस गर्न त्रिविले गत २३ जेठमा प्राडा ज्ञवालीको संयोजकत्वमा प्राडा जीवन शेरचन र प्राडा सुवास आचार्य सदस्य रहेको तीन सदस्य सर्च कमिटि गठन गरेको थियो ।
सम्पर्क इमेल : [email protected]