कर्णालीमा आज थप ९ जनामा कोरोना संक्रमण
सुर्खेत,२ असार । कर्णाली प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण प्रयोगशाला केन्द्र सुर्खेतमा भएको परीक्षणमा मंगलवार थप ९ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका ५ र सुर्खेतका ४ जना जसमा १ महिला र ८ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]