पाल्पामा आज थप दुई जनामा कोरोना संक्रमण
पाल्पा, १९ जेठ । पाल्पामा आज थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भैरहवामा गरिएको पीसीआर परीक्षणमा जिल्लाको निस्दी गाँउपालिकास्थित सहलकोट क्वारेन्टिनमा रहेका १७ र ३६ बर्षका दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
यसअघि हिजो मात्रै जिल्लाको पश्चिम क्षेत्रमा पर्ने रैनादेवी छहराको नमूना मावि क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा संक्रमण देखिएको थियो । यस्तै माथागढी गाँउपालिका बहादुरपुरको क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा पनि संक्रमण देखिएको थियो ।
हिजो संक्रमण देखिएकाहरुलाई तानसेन मिसन अस्पतालस्थित बृद्धाश्रम भवनमा बनाइएको आइसोलेसनमा ल्याएर राखिएको निमित्त प्रमुख न्यौपानेले बताए । आज थपिएका दुई जनालाई समेत अब ल्याउने तयारी शुरु गर्न लागिएको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]