भक्तपुर सहित विभिन्न जिल्लाका थप ९ जनामा कोरोना देखियो, कुल संक्रमित ५२३ पुग्यो
काठमाडौँ, ९ जेठ । भक्तपुर सहित देशका विभिन्न जिल्लाका स्थानीय बासीमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुर ९ का ४२ बर्षीया महिला र हेटौडा ३ मकवानपुरका ५४ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बलानविहुल गाँउपालिका सप्तरीका ३५ बर्षिय पुरुषमा संक्रमण देखिएको छ । यसैगरी हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा भएको परीक्षणमा सिमरनगढी नगरपालिका बाराका २२, २७, ३०, ३४, ३८ र ४५ बर्षिय पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।
यो संगै कुल संक्रमितको संख्या ५२३ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउसो रुपन्देहीमा देखिएको ७ जना पुरुषहरुको संक्रमणको विवरण अहिलेसम्म उल्लेख गरेको छैन् ।
आज मात्रै थप ६६ जना थपिएका छन् ।
सम्पर्क इमेल : [email protected]