आरोग्य फाउन्डेशनकी कर्मचारी कोरोनामुक्त, टेकु अस्पतालबाट डिस्चार्ज हुने तयारी
ललितपुर, ८ जेठ । कोरोना भाइरसको संक्रमणमा परेकी आरोग्य फाउन्डेशनकी कर्मचारीको पछिल्लो दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड – १९ को संक्रमण पुष्टि भएपछि गत ३१ बैशाख देखि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराईरहेकी थिइन ।
दुईवटा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज दिने तयारी गरेको छ ।
फाउन्डेशनकी प्रशासन तर्फकी कर्मचारी गत २९ चैतमा सुनसरीबाट आएकी थिइन ।
फाउन्डेशनले तराईबाट आएकाले पहिले कोरोना जाँच गराएर मात्रै काममा सहभागी हुन भनेको थियो । त्यहि अनुसार आउने दिन नै उनले टेकु पुगेर नमूना दिएकी थिइन । तर, बैशाख ३१ मा उनको रिपोर्ट पोजेटिभ देखियो ।
‘त्यसपछि ३ र ७ जेठमा दुईपटक परीक्षण भयो र रिपोर्ट नेगेटिभ आयो । आज डिस्चार्ज गर्ने भनेर हामीलाई खबर आएको छ,’ आरोग्यका दिनेश थापाले बताए ।
त्यसो त उनका परिवार, उनलाई लिन जाने एम्बुलेन्सका चालक र सहयोगी तथा निदान तथा आरोग्यका स्वास्थ्यकर्मी तथा कर्मचारी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
उनलाई संक्रमण देखिदा एक दिन शिल भएको आरोग्य र निदान अस्पतालले अहिले सेवा दिन थालिसकेका छन् ।
सम्पर्क इमेल : [email protected]