कालिमाटीबृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ, ७ जेठ । महानगरीय प्रहरी बृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । सो बृत्तमा कार्यरत एक जना सई र एक जना जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको कालिमाटीका डिएसपी रुगम कुँवरले बताए ।

चार दिन अघि नमूना लिएर गरिएको परीक्षणको रिपोर्ट मंगलबार आएको थियो । अहिले संक्रमित दुबै प्रहरीलाई बलम्बुस्थित कोरोना युनिफाइड अस्पतालमा भर्ना गरिएको छ ।

डिएसपी कुवरले संक्रमित प्रहरीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *