संसदमा सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्यका विषय के – के परे ?
काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्षको लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेकी छन् ।
उक्त नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय के के परे ?
१. संचालनमा रहेका मेडिकल कलेजद्वारा अनिवार्य रूपमा कम्तिमा एक जिल्ला स्थित अस्पतालमा शल्यचिकित्सा सहितको सेवाउपलब्ध गराउन जिम्मेवारी दिने नीति लिइनेछ ।हरेक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्र भित्र महिनाको एक दिनस्याटेलाइट क्लिनिक संचालनगर्नु पर्ने व्यवस्था गरिनेछ।त्यसैगरी स्थानीय तह र प्रदेशको समन्वयमा संघ अन्तर्गतका केन्द्रीय अस्पतालहरूलेतोकिएका स्थानहरूमा नियमित रूपमा स्याटेलाइट अस्पताल संचालन गर्ने प्रबन्ध गरिनेछ।
२. स्थानीय तहका सबै वडा स्थित स्वास्थ्य संस्थाहरूबाट चालीस वर्ष माथिका नागरिकको ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन र ग्लुकोज तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गरिनेछ ।
३, निरोगी नेपाल निर्माण यस सरकारको मुल स्वास्थ्य नीति हो ।
४ राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल ( सेन्टर फर डिजिज कन्ट्रोल नेपाल (सीडीसी नेपाल) को स्थापना गरिनेछ ।
५ औषधि औजार उपकरण मेडिकल तथा सर्जिकल सामग्री चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रोनिक डिभाइस, प्रयोगशाला सामग्री पोषण खाद्य सामग्री सौन्दर्य प्रसाधन सामग्री समेतको गुणस्तर जाँच तथा नियमन गर्न नेपाल खाद्य तथा औषधि एडमिनिस्ट्रेसन एफडीए स्थापना गरिनेछ ।
६.भुगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ सैय्या सम्मको आधारभुत अस्पताल स्थापना र स्तरोन्नती गरिनेछ ।
७. प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० सैय्याको अस्पताल र अञ्चल अस्पताललाई २०० सैय्याको जनरल अस्प्तालमा स्तरउन्नती गरिनेछ ।
८ . सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठान तथा कोशी, नारायणी भरतपुर भेरी र डडेल्धुरा अस्पतालबाट उपलव्ध विशिष्ठिकृत स्वास्थ्य सेवाको विस्तार र स्तरउन्नती गरिरहेको छ । यी केन्द्रीय अस्पताललाई ५०० सैय्याको विशेषज्ञ अस्पतालको रुपमा विकास गरिनेछ ।
९. सरुवा रोग रोकथाम नियन्त्रण र उपचार एवं स्वास्थ्य विपत व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितको ३०० सैयााको केन्द्रीय र न्युनतम ५० सैयाको प्रदेशस्तरको अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिनेछ ।
१०. गरीव तथा विपन्न बर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निशुल्क उपलव्ध गराईनेछ ।
११. उच्च रक्त चाप, क्यान्सर, मधुमेह, दम, कलेजो मिर्गौला र महिलाहरुको पाठेघरको रोगसम्वन्धि पहिचान परीक्षण र उपचारका कार्यक्रमहरु देशव्यापी रुपमा थप प्रभावकारी बनाइनेछ ।
१२. वडास्तरीय सेवा केन्द्रबाट ४० बर्ष माथिका नागरिकहरुको रक्तचाप, अल्बोमिन र मधुमेह जाँच गर्ने व्यवस्था गरिनेछ ।
१३. आयुर्वेदिक युनानी होमियोपेथि एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवर्धन गरिनेछ । आम नागरिकलाई योगा अभ्यास र शारीरिक व्यायमशाला, आरोग्य केन्द्र र योगकेन्द्रहरु स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
१४. नेपालभरको जुनसुकै स्थानबाट ३ अंकको टेलिफोनमा सम्पर्क गरी नागरिकले सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।
१५. प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गरिनेछ ।
१६ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण सेवा प्रारम्भ गरिएको छ । आगामी आर्थिक बर्ष यस अस्पतालमा नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गरिनेछ । यी सेवालाई सबै प्रदेशमा विस्तार गर्दै लगिनेछ ।
१७. कान्ति बाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ठ केन्द्रको रुपमा विकास गरिनेछ ।
१८. मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल हृदयकेन्द्रमा बाल मुटुरोगको पहिचान परीक्षण र उपचार गर्न संस्थागत व्यवस्था गरिनेछ ।
१९ परोपकार प्रसूति तथा स्त्रि रोग अस्पतालको सेवालाई थप विशिष्टीकृत गरिनेछ ।
२०. सबै मेडिकल कलेजले जिल्लास्थित कम्तिमा एक अस्पतालमा शल्यचिकित्सा सहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाहरुले महिनाको एक दिन सेटेलाइट क्लिनिक संचालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।
२१. केन्द्रीय अस्पतालहरुले तोकिएका स्थानमा नियमित रुपमा सेटेलाइट अस्पताल सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
२२. सबै अस्पतालहरुबाट विपत वा महामारीको समयमा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सुविधा मिलाउने प्रवन्ध मिलाइनेछ ।
२३. स्वास्थ्य संस्थाहरु र स्वास्थ्य सेवाको गुणस्तरलाई मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ ।
२४. स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पतालहरुलाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन, क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिनेछ ।
२५. अन्तराष्टिय विमानस्थल र अन्तराष्टिय सीमाका प्रमुख नाकाहरुमा आधुनिक हेल्थ डेस्क तथा क्वारेन्टीन गृह स्थापना गरिनेछ ।
२६. स्वास्थ्य विमा कार्यक्रम अन्तरगर्त ५५१ वटा स्थानीय तहका २७ लाख भन्दा बढी नागरिकको स्वास्थ्य विमा गरिएको छ । आगामी तीन बर्ष भित्र सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य विमा कार्यक्रमलार्य विस्तार गरिनेछ ।
२७. स्वास्थ्य विमा कार्यक्रममा आधारभुत बाहेकका कार्यक्रमहरु क्रमश समावेश गर्दै लगिनेछ ।
२८ वीरेन्द्र शैनिक अस्पताललाई आपतकालिन अवस्थामा घाइते लगायत सबै प्रकारको स्वास्थ्य उपचार सक्ने सुविधा सहितको स्तरउन्नती गरिनेछ ।
२९. यस सरकारले गुणस्तरीय स्वास्थ्य शिक्षा खानेपानी तथा सरसफाईमा सबै नेपालीको समतामुलक पहुँच सुनिश्चित हुने गरी कार्यक्रम सञ्चालन गर्नेछ । देश भित्रै अन्तराष्टिय स्तरको शिक्षा र सेवा उपलव्ध गराउन पुर्वाधारहरको विकास गरिनेछ ।
३०. आगामी आर्थिक बर्षमा स्वास्थ्य संस्थाहरुको स्थापना एवं स्तरउन्नती, पूर्वाधार विकास, जनशक्ति व्यवस्था, र सेवाको समतामुलक पहुँच एवं गुणस्तर बृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुन संरचना गरिनेछ ।
३१. आगामी आर्थिक वर्ष स्वास्थ्य संस्थाहरूको स्थापना एवं स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिनेछ।
३२. प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवर्द्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य सेवामा
प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गरिनेछ।
३३. मुलुकभरका ६ सय ७१ स्थानीय तहका वडाहरूमा पूर्णखोप सेवा उपलब्ध वडा घोषणा गरिएको छ। आगामी वर्ष सरकारले बाँकी सबै स्थानीय तहका वडाहरूमा पूर्णखोप सेवा पुयाउनेछ।
सम्पर्क इमेल : [email protected]