ओपीडी शुल्क फरक परेपछि नर्भिक अस्पताललाई बाणिज्य विभागको भन्यो, ‘तीन दिन भित्र जवाफ दिन आउनु’
काठमाडौँ, २९ बैशाख । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।
स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा रु ७५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो ।
लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि रु एक हजार २५० र बहिरङ्ग सेवाका लागि रु पाँच सय लिँदै आएको थियो ।
लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर रु ७५० लिएको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए ।
एक हजार २५० रुपैयाँबाट बाट ७५० रुपैयाँमा मा झारिएको वा रु पाँच सयबाट रु सात सय लिएका विषयमा लिखित जवाफ माग गरिरएको उनले जानकारी दिए । रासस
सम्पर्क इमेल : [email protected]