सिंगापुरमा रोकिएको ३० हजार पीसीआर किट आज काठमाडौँ भित्रिदै

‘रिफ्युलिङ’ का लागि क्वालालम्पुर विमानस्थलमा रोकिएको नेपाल बायुसेवा निगमको वाइडवडी विमानमा सिंगापुरबाट ल्याइएको पीसीआर तथा आरएनए एक्सट्रयाक्टस किट लोड हुँदै । तस्बिर :क्याप्टेन विजय लामा

काठमाडौँ, २५ बैशाख । कोरोना भाइरस (कोभिड१९)को जाँच गर्न स्वीजरल्याण्ड सरकारको सहयोगमा उपलव्ध ३० हजार पीसीआर किट र त्यतिकै परिमाणमा आरएनए एक्सट्रयाक्टस किट आज बेलुकासम्म काठमाडौँ आइपुग्ने भएको छ । अष्ट्रेलिया पुगेको नेपाल बायुसेवा निगमको वाइडवडी विमानले आज बेलुका सम्ममा ती किट काठमाडौ ल्याउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले ती किटहरु हिजो बेलुका नै विमानमा लोड भइसकेको र अब बेलुका छ बजेसम्ममा वाइडबडी विमान काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।

पछिल्लो समय नेपालमा कोभिड संक्रमण केश बढेका बेला किटको अभाव देखिएको छ । स्वीस सरकारको सहयोगमा आउन लागेको ठूलो परिमाणको किट ल्याउने माध्यम नहुँदा सिंगापुरमै अड्किएको थियो । तर अब त्यो समस्या हटिसक्यो अहिलेपनि हामीसंग ४ हजार किट मौज्दात छ । यो आएपछि परीक्षणलाई थप तिब्रता पार्नेछौँ । डा पोखरेलले बताए ।

सिंगापुरमा रहेको किटलाई हिजो नै स्थलमार्गबाट मलेसियाको राजधानी क्वालालम्पुर ल्याइएको थियो । अष्ट्रेलियाको सिड्नीका लागि चालकदलका सदस्य सहित ३०० यात्रु बोकेर उडेको सो चार्टड विमान क्वालालम्पुरमा रिफ्युलिङ (तेल भर्न) अवतरण गरेको थियो । त्यसबेला नै किट लोड गरिएको थियो ।

‘हिजो जाँदा खेरी सिड्नीका लागि चालकदलका सदस्य सहित ३०० यात्रु बोकेर उडेको सो चार्टड विमान क्वालालम्पुरमा रिफ्युलिङ (तेल भर्न) अवतरण गरेको थियो । त्यसबेला नै किट लोड गरिएको थियो । हिजो जाँदा खेरी नै विमान क्वालालम्पुरमा रिफ्युलिङ गरिएको थियो । त्यसक्रममा सिंगापुरबाट आएको किट लोड भइसक्यो । अब आज विमान सिड्नीबाट सिधै काठमाडौँमा अवतरण हुँदैछ,’ डा पोखरेलले भने ।

उता विमान चालक क्याप्टेन विजय लामाले कोरोना परीक्षण किट लोड भइसकेको बताएका छन् ।

विहान फेसबुकपेजमा फोटो राख्दै उनले भनेका छन्,  ‘हामी द्वय (Capt Vijay Lama/Capt James Keeps) ले आज बिहान 8 बजे Sydney(Australia) अवतरण गर्यौ… इतिहासकै पहिलो Sydney Flt..(करिब ३०५ जना उडान कर्मचारी सहित)

यो आफैमा एउटा उपलब्धी हो भने अझै ठूलो उपलब्धी भनेको मलेसियामा ३०००० कोविड १९ को परिछण KITS को साथै अर्को ३०००० RNA Extraction KIT हामिले समयमा प्राप्त गरि जहाजमा लोड गरि नेपाल भित्राउन आटेकोमा धेरै खुसी अनि आनन्द महसुस भएको छ! यी Kits हरु अहिले हाम्रो देशमा धेरै आवश्यक छ।

भाइ रन्जित आचार्यको पहलमा साथ मिलि मैले पनि रास्ट्रको लागि केही योग्दान पुर्याउन पाएकोमा भाग्यमानी महसुस गरे र धन्यबाद सबैलाइ यो अवसर दिनु भएकोमा।

बुद्ध जयन्तीको पुन्य अवसरमा सबैलाइ हार्दिक शुभ कामना…बुद्ध भगवान ले हामी सबैको रक्षा गरून् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *