वीपी काेइराला मेमोरियल क्यान्सर अस्पतालकाे कार्यकारी निर्देशकमा डा. देजकुमार गाैतम नियुक्त
काठमाडाैं, २५ बैशाख । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतम नियुक्त भएका छन् । आज बसेको अस्पताल विकास बोर्डको बैठकले डा गौतमलाई तीन वर्षको लागि नियुक्ति गर्ने निर्णय गरेको हो । डा गौतम यसअघि सो अस्पतालका उप निर्देशक भइसकेका थिए ।
यसअघिका निर्देशक डा विजयचन्द्र आचार्यको पदावधि हिजो सकिएको थियो । त्यस लगत्तै बोर्डले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा डा विनय ठाकुर र स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्ट सदस्य थिए ।
सो समितिले गरेको सिफारिसको आधारमा गौतम कार्यकारी निर्देशक बनेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १२ औँ कार्यकारी निर्देशक पाएको छ ।
सम्पर्क इमेल : [email protected]