देशभरको लकडाउन ५ जेठ सम्म थपियो
काठमाडौँ, २४ बैशाख । सरकारले देशभर जारी लकडाउन आगामी ५ जेठसम्म थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउन ५ जेठसम्म थप्ने निर्णय गरेको हो ।
यसअघि सरकारले तोकेको लकडाउनको अवधी २५ बैशाख (भोलि) सकिदै थियो ।
गत ११ चैत देखि शुरु भएको लकडाउन थपिएको यो छैटौँ पटक हो भने लकडाउन लागू भएको आज ४४ दिन पुगेको छ ।
कसरी बढाइदै छ लकडाउन ?
पहिलो पटक : ११ चैत बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्म।
दोस्रो पटक : २५ चैत मध्यरातसम्म।
तेस्रो पटक : ३ वैशाख मध्यरातसम्म।
चौथो पटक : १५ वैशाख मध्यरातसम्म।
पाँचौँ पटक : २५ वैशाख मध्यरातसम्म।
छैटौँ पटक : ५ जेठ मध्यरातसम्म।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]