उदयपुरमा संक्रमित ६ भारतीय कोरोनामुक्त, आज डिस्चार्ज हुने

डिस्चार्ज गर्ने बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन तस्बीर : मनोज दाहाल, रासस

विराटनगर २४ बैशाख । कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जना कोरोना संक्रमितमध्ये छ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु आज डिस्चार्ज हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए ।

यसअघि प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार बेलुका पत्रकार सम्मेलन गरी छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिएका थिए । गत वैशाख ५ र ६ गते उदयपुरको भुल्केबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको पछिल्लो तीन चरणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आज डिस्चार्ज गरिने सबै भारतीय नागरिकहरु हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले जानकारी दिइन । डिस्चार्ज पछि उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ । त्यहाँ १० वटा वेड रुम र १० वटा शौचालय भएको क्वारेन्टाइन तयार गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *