नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन
काठमाडौँ, २२ बैशाख । नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । वीर अस्पतालमा उपचाररत राईको निधन भएको आज विहान निधन भएको निर्देशक डा. केदार सेन्चुरीले पुष्टि गरे ।
उनका अनुसार ७७ बर्षीया राईलाई चार दिन अघि घरमा कुर्सीबाट लडेर टाउकोमा चोट लागेपछि राईलाई अस्पताल ल्याइएको थियो । मधुमेहबाट समेत पिडीत राईको पछिल्लो समय दुईवटै मिर्गौला फेल भएको थियो । उनले पछिल्लो समय डायलासिस गराउँदै आएकी थिइन ।
नर्सिङ संघको १३ औं अध्यक्ष भएकी राई तथा ललितपुर नर्सिङ कलेजकी प्रमुख समेत थिइन ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]