हुम्लामा १८०० बालबालिकालाई नियमित खोप
हुम्ला, १५ बैशाख । हुम्ला जिल्लाका सात स्थानीय तहमा रहेका १५ महिनामुनिका करीब एक हजार ८०० बालबालिकालाई नियमित खोप लगाउन शुरु गरिएको छ । कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले गरिएको लकडाउनले प्रभावित खोप कार्याक्रम पुनःसञ्चालन भएको हो ।
बन्दाबन्दीले प्रत्येक महिना ८ गते लगाइने खोप कार्यक्रम प्रभावित हुँदा बालबालिका त्यसबाट वञ्चित भएपछि थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्लाका सात स्थानीय तहमा खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य सेवा कार्यालयका कोल्चेन असिस्टेण्ट मानबहादुर रोकायाले बताए ।
स्वास्थ्यकर्मीले पिपिई, मास्क, पञ्जालगायत सामग्री लगाएर सामाजिक दूरी कायम गरी खोप कार्यक्रम सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर बोहराले बताए ।
सम्पर्क इमेल : [email protected]