काठमाडौँका मस्जितमा रहेका सबैको पीसीआर परीक्षण गरिदै
काठमाडौँ, १२ बैशाख । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौँस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखि उपत्यका भरीका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) विधिबाट परीक्षण गर्न थ्रोट स्वाव संकलन गरिएको छ । विभिन्न मस्जितबाट विहीबार ७६ जना र शुक्रबार ५२ जनाको नमूना संकलन भइसकेको महानिर्देशक श्रेष्ठले बताए ।
उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा र त्यसवरपरका २८ जनामा कोभिड संक्रमण देखिएको थियो । तिमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
थ्रोट स्वाव संकलन गर्न मेडिकल ल्याव्रोटरी एसोसिएसन अफ नेपालले आफ्ना प्राविधिक सदस्यहरु परिचालन गरेको बताइएको छ । मेलानले उपत्यका र उपत्यका बाहिरका धेरैजसो नमूना संकलन गर्ने कार्य संक्रिय ढंगले लागेको संस्थाका संरक्षक कृष्ण रिजालले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]