भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४ पुग्यो
एजेन्सी । भारतमा कोरोना भाइरसबाट मृत्युहुनेको संख्या ४ पुगेको छ । बिहीबार दिउसो पञ्जावमा एक जना पुरुषको मृत्यु भएपछि संख्या चार पुगेको हो ।
भारतमा हालसम्म यो भाइरसबाट १८० जना संक्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले संक्रमितमध्ये १५ जना उपचारपछि घर फर्केको जनाएका छन् ।
संक्रमितमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ४९ जना, केरलामा २७, हरियाणामा १७ र कर्नाटकमा १४ जना छन् । यस्तै दिल्लीमा १०, राजस्थानमा ७, तेलंगानामा १३, उत्तरप्रदेश १९, पञ्जावमा २, आन्द्रप्रदेशमा २, जम्मुकस्मिरमा ४, लद्धाखमा ८ जनामा संक्रमण भएको बताइएको छ । यस्तै उत्तराखण्ड, ओडिसा, छत्तिसगढ र पश्चिम बंगालमा एक एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
यसैबीच भारत सरकारले आगामी २२ मार्चबाट अन्तराष्ट्रिय आगामनमा रोक लगाएको छ । यो रोक एक हप्ताको लागि कायम गरिएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]