कोरोना कहर : स्पेनद्धारा १५ दिनको राष्ट्रिय संकटकाल घोषणा

एजेन्सी । स्पेनले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा देशभर १५ दिनको लागि संकटकाल घोषणा गरेको छ ।

प्रधानमन्त्री पेड्रो सांचेजले शुक्रबार १५ दिनको संकटकाल घोषणा गरेका हुन् ।  उनले संकटकाल पछि सरकारले पुरै शक्ति कोरोना भाइरसको संक्रमबाट जुध्नका लागि प्रयोग गर्ने बताएका छन् ।

संकटकालका बेला सरकारले जुनसुकै कडा कदम तत्काल चाल्न सक्छ ।

स्पेनमा अहिले विद्यालय, सिनेमा हल, थिएटर, खेल मैदान लगायतका क्षेत्र विस्तारै बन्द हुँदै गएको छ ।

स्पेनमा अहिलेसम्म ४ हजार २०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो भाइरसबाट अहिलेसम्म १२० जनाको ज्यान गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *