कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर पदका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ, ५ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले गत सोमबार सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष तीन जनाको नाम सिफारिस गरेका हुन् ।
उपकुलपति प्राडा वाग्लेले प्राथमिकताको आधारमा सह प्राडा निरेश थापा, प्राडा भरतमणि पोखरेल र प्राडा बद्री बढुको नाम सिफारिस गरेका हुन् । निवर्तमान शिक्षाध्यक्ष डा धर्मराज श्रेष्ठको कार्यवधि जेठ २५ गते सकिएपछि सात महिनादेखि प्रतिष्ठान हालसम्म शिक्षाध्यक्षविहीन छ ।
प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम उपकुलपतिबाट सिफारिस हुने तीन जनामध्येबाट सहकुलपतिले चार वर्षे कार्यकालका लागि एक जना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ ।
सम्पर्क इमेल : [email protected]