प्रदुषण बढेपछि दिल्लीमा जनस्वास्थ्य संकटकाल घोषणा, विद्यालय बन्द, निर्माण कार्य रोकियो
नयाँ दिल्ली । प्रदुषणको स्तर निकै बढेपछि भारतको दिल्लीलाई जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ । यो घोषणासंगै राज्य सरकारले ५ नोभेम्बरसम्म सबै विद्यालय बन्द गर्ने घोषणा गरेको छ । निर्माण कार्य रोकिएको छ ।
प्रदुषणबाट जोगिनका लागि सबै विद्यालयमा मास्क समेत बाँढिएको थियो ।
दीपावली पछि दिल्लीको हावाको गुणस्तर निकै खरावस्तरमा पुगेको छ । मानिसहरुलाई स्वास लिन समस्या भइरहेको छ । अस्पतालमा बिरामीहरुको संख्या लगातार बढीरहेको छ ।
राजधानीको हावामा प्रदुषणका खतरनाक कणका स्तर विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा २० गुणा बढी भएको बताइएको छ ।
हावाको गुणस्तरमा आएको गम्भिर गिटावटलाई ध्यान दिदैै सर्बोच्च अदालतको एक संयुक्त इजलासले दिल्ली सहित दुई छिमेकी राज्यमा पनि कतिपय प्रतिवन्ध लगाउन आदेश दिएको छ ।
पर्यावरण प्रदुषण (रोकथाम तथा नियन्त्रण) प्राधिकरण (इपीसीएस) ले ५ नोभेम्बर सम्म सबैखाले निर्माण कार्यमा रोक लगाएको छ ।
प्रदुषणको स्तर निकै गम्भीर अवस्थामा पुग्यो भन्दै राज्य सरकारले जाडो महिनाभर पटका पडकाउन समेत प्रतिवन्ध लगाएको छ ।
इपीसीएले उत्तरप्रदेश, हरियाणा र दिल्लीका मुख्य सचिवलाई लेखेको चिठीमा भनिएको छ यसलाई जनस्वास्थ्यको आपतकाल जस्तै लिइएको छ किनभने बायु प्रदुषणले स्वास्थ्यमा गम्भीर असर पर्दछ । विशेषत बालबालिकाको स्वास्थ्यमा ।
दिल्लीमा स्वास लिन कति अफ्टेरो छ भन्ने कुरा स्वयं मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका छन , ‘ दिल्ली ग्यास कोठामा परिणत भएको छ’ ।
केजरीवालले एक पत्रकार सम्मेलन आयोजना गर्दै भनेका छन, मास्क बाढने काम शुरु भएको छ । एक साता भित्र ५० लाख मास्क बाढिन्छ ।
यसैबीच आगामी सोमबार देखि १५ नोभेम्बरसम्म दिल्लीको यातायातमा जोरविजोर नम्बर प्रणाली लागू हुने बताइएको छ ।
मुख्य मन्त्री केजरीवाले गतवर्ष जोर विजोर प्रणाली लागू गर्दा १२ देखि १३ प्रतिशत प्रदुषण कमी भएको बताए ।
सम्पर्क इमेल : [email protected]