३८ जना क्षयरोगीलाई फिजियोथेरापी उपचार
भक्तपुर – भक्तपुरको नाटा डट्स क्लिनिकमा सोमबार क्षयरोगको औषधि सेवन गरिरहेका ३८ जना क्षयरोगी बिरामीको फिजियोथेरापीद्वारा स्वास्थ्य परीक्षण गरिएको छ ।
डा. रमेश साँधद्वारा हाडजोर्नी, नसा रोग तथा अन्य रोगको समस्या भएका यस्ता बिरामीको स्वास्थ्य परीक्षण गरिएको नेपाल क्षयरोग निवारण संस्था (नाटा) का अध्यक्ष बाबुकाजी श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य परीक्षणमा नेपाल क्षयरोग निवारण संस्थाका सचिव राम सिख्वः र स्वास्थ्यकर्मी राजेश्वरी शिल्पकारले क्षयरोगको नियमित औषधि सेवन गराउँदै अन्य रोगको आक्रमणबाट समेत बच्नका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी गराएका थिए । चिकित्सकले बिरामीलाई घर मै बसेर फिजियोथेरापी अभ्यास गर्न सिकाएका थिए । रासस
सम्पर्क इमेल : [email protected]