पाकिस्तानी पूर्वप्रधानमन्त्री सरीफलाई हृदयाघात


इस्लामावाद, पाकिस्तान, १० कात्तिक । पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचार कै क्रममा हृदयघात भएको पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार बताए ।

अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत उनले जानकारी गराए, “पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उहाँले निकै कमजोर महशुस गर्नुभएको छ ।”

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य उनलाई अस्पताल पु¥याइँदा नै निकै विग्रिएको थियो । उनको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएको अवस्थामा यसै हप्ता अस्पताल पु¥याइएको थियो ।

स्थानीय सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा उनलाई नयाँ रगतमार्फत प्लेटलेट दिएपछि उनको प्लेटलेट सङ्ख्या सामान्य अवस्थामा फर्किएको बताएका थिए । तर शनिबार फेरि प्लेटलेटको सङ्ख्या कमी देखिएको थियो । उहाँलाई शनिबार पनि प्लेटलेट दिइ उपचार भइरहेको छ ।

विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ ।

रगतसम्बन्धी समस्या (थ्रोम्वोसाइटोपेनिया) को निदानका लागि जेलमा रहेका सरिफलाई अस्पताल भर्ना गरिएको थियो र यसपहिले बिहीबार दिइएको जानकारीमा स्थितिमा सुधार आएको जनाइएको थियो ।  रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *