खाना खाने बित्तिकै नगर्नुस् यी काम
मानिस स्वस्थ रहनको लागि बिभिन्न कुराहरुमा ध्यान पुर्याउनु आवश्यक हुन्छ । त्यसैले तपाईले खाना खाने बित्तिकै कुनै पनि काम तुरुन्तै गर्नु उचित हुँदैन । जबकी तपाईले जतिनै पौष्टिक तत्व भएका खाना खाएपनि त्यसले शरीरमा नकारात्मक असर पार्छ ।
के के हुन् त ती कामहरु ?
१. धुम्रपान नगर्नु :
खाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको समस्या निम्त्याउँछ र पेटसम्बन्धी रोगहरु उत्पन्न गराउँछ ।
२. तुरुन्त फलफूल नखानु :
खाना खाएको तुरुन्तै फलफूलको सेवनले खानलाई दुषित गर्छ जसले शरीरमा उर्जा (शक्ति) कम गर्छ । त्यसैले फलफूल खाँदा खाना खाएको आधा घन्टा पछि मात्र खानु उचित हुन्छ ।
३. चिया / कफि :
चिया तथा कफिमा एसिड बढी हुने भएकाले यसले शरीरमा प्रोटिको मात्रालाई नोक्सान पर्याउँछ जसका कारण खाना पचाउनमा समस्या निम्त्याउँछ ।
४. नुहाउनु :
खाना खाएको तुरुन्तै नुहाउँदा हात, खुट्टा तथा शरीरको अन्य भागमा रगतको प्रवाह बढ्छ र पेटको चारैतिर रगतको मात्रा कम हुन्छ जसले डाइजेस्टिव सिस्टमलाई कमजोर बनाउँछ ।
५. मर्निङवाक :
मर्निङवाक गर्नु त राम्रो हो तर खाना खाएर भन्दा हल्का खाना खाएको आधा घन्टा पछि मात्र मर्निङवााक गर्नु राम्रो हुन्छ जसले पेटमा एसिड बनाउन सक्दैन र शरीरलाई फाइदा गर्छ ।
- एजेन्सीको सहयोगमा
सम्पर्क इमेल : [email protected]