स्वास्थ्य संस्थामा विद्युत कटौती नगर्न राष्ट्रपतिको निर्देशन


लुसाका, २८ भदौ । जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले स्वास्थ्य संस्थाहरुका विद्युत कटौती नगर्न शुक्रबार निर्देशन दिएका छन् ।

देशको उर्जा मन्त्रालयलाई उनले स्वास्थ्य संस्थासँगै पानी वितरणका लागि समेत विद्युत्को अभाव हुन नदिन निर्देशन दिएका हुन् ।

स्वास्थ्य सेवा र पानी अत्यावश्यक हुने भएकाले त्यस सेवाका लागि विद्युत कटौती नगर्न निर्देशन दिइएको उनको भनाई छ ।

विजुली र पानी विना हाम्रा स्वास्थ्यकर्मीले कसरी काम गर्न र सेवा दिन सक्छन् रु उनले प्रश्न गरे ।
संसदबाट राष्ट्रका नाममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति लुङ्गुले विजुली र पानी दुवै मानवीयताका लागि अत्यावश्यक भएकोमा जोड दिए ।

उनले जाम्बियामा अहिले विद्युत अभाव भएको र विद्युतलाई राम्रोसँग सदुपयोग गर्नु पर्ने बताए ।
जलवायु परिवर्तन विश्वको ठूलो समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले धेरै देशहरुलाई यो विकासको बाधक भएको टिप्पणी गरे ।

उनले भने, “मेरो सरकारले जलवायु परिवर्तनका विरुद्धमा लड्ने र दिगो विकासमा जोड दिने अठोट लिएको छ ।”
उनले दिगो विकासको लक्ष्य प्राप्तीका लागि हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।  रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *