नर्सिङ काउन्सिलको निर्वाचन : तीन सिट, आठ जना उम्मेद्धार, क-कस्ले बाजी मार्ला ?
काठमाडौँ, २७ भदौ । नेपाल नर्सिङ काउन्सिलमा रिक्त तीन सदस्य पदका लागि भोलि (२८ भदौ)मा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ८ जनाले उम्मेद्धारी दिएका छन् ।
उम्मेद्धारी दिनेहरुमा सरला केसी, जीता बराल, डा तारा शाह, कृष्ण कुमारी पौडेल, तुलसादेवी अधिकारी, सिता कार्की, रिना श्रेष्ठ र मित्राकुमारी देवकोटा छन् ।
निर्वाचन समितिका अनुसार देशभर तोकिएका १४ वटा मतदान केन्द्रमा विहान ८ बजे देखि अपरान्ह ५ बजेसम्म भोट दिन सकिन्छ । समितिले बिराटनगर, सुनसरी धरान, जनकपुर, बीरगञ्ज, चितवन, काठमाडौँ, पोखरा, पाल्पा, बुटवलमा मतदान केन्द्र तोकेको छ ।
यस्तै नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ र धनकुटामा पनि मतदान केन्द्र तोकेको छ ।
काउन्सिलमा अनमी सहित दर्ता भएको नर्सको संख्या झण्डै ९० हजार पुगेको छ । तर नर्सिङ संघको सदस्यता लिएको नर्सको संख्या १२ हजार ४१ मात्रै छ । मतदानमा पनि संघको सदस्यता लिएका यिनै नर्सले मात्रै भोट दिन पाउने छन् ।
काउन्सिलमा जाने भएपनि यसपटकको निर्वाचनमा पनि पार्टीगत गुटवन्दी देखिएको छ । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेस निकट नर्सहरु समूह बनाएर चुनावी दौडमा होमिएका छन् ।
नर्सिङ संघमा सधै जसो नेकपा निकट नर्सहरुको बश्चस्र्व देखिन्छ । तर यसपटक भने उम्मेद्धारीमा भएको गडबडीका कारण अर्को समूह हावी हुन पाएको जानकारहरु बताउँछन् । नेकपा निकटले डा तारा साह, कृष्णकुमारी पौडेल र तुलसा देवी अधिकारीलाई आधिकारिक उम्मेद्धार भनेको छ ।
उता कांग्रेस निकट समूहले सरला केसी, जीता बराल र मित्रा कुमारी देवकोटालाई आफ्नो आधिकारिक उम्मेद्धार भनेर भोटिङका लागि आवहान गर्दै आएको छ ।
यता नेकपा निकट मानिने सिता कार्की र रिना श्रेष्ठलाई बागी उम्मेद्धारको रुपमा औल्याइएको छ । तर उनीहरुले पनि राम्रै आउनसक्ने बताइएको छ । यसले यसपटकको चुनाव प्रतिस्पर्धात्मक हुने अडकल काटिएको छ ।
यस्तो छ भोलिको निर्वाचनको नमूना मतपत्र
यस्तो छ भोलिको निर्वाचनको नमूना मतपत्र
सम्पर्क इमेल : [email protected]