जनस्वास्थ्यका विभिन्न विधामा उत्कृष्ठता हासिल गरेका दक्षिण पूर्वी एसियाका छ वटा देश सम्मानित

सम्मान पत्र ग्रहण गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव

नयाँ दिल्ली, १८ भदौ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) ले जनस्वाथ्यमा उत्कृष्ठ उपलव्धी हासिल गरेका छ वटा सदस्य राष्ट्रलाइ सम्मान गरेको छ ।

भारतको नयाँ दिल्लीमा सोमबारबाट चलेको डल्वुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको ७० औँ बैठकको दौरानमा भएको एक साइड इभेन्टमा ती देशहरुलाई सम्मान गरिएको हो । सम्मान पाउनेहरुमा नेपाल भुटान, श्रीलंका, बंगलादेश, थाइल्याण्ड र मालदिव्स रहेका छन् ।

डल्लुएचओ सेरोले यी राष्ट्रलाई दादुरा उन्मुलन, हेपाटाइटिस बी नियन्त्रण, आमाबाट बच्चामा सर्ने एचआईभी तथा सिफलिस रोग उन्मुलन गरेवापत यो सम्मान दिएको हो ।

श्रीलंकालाई दादुरा उन्मुलन गरेवापत सम्मान गरिएको हो । यस्तै बंगलादेश, भुटान, नेपाल र थाइल्याण्डलाई हेपाटाइटिस बी नियन्त्रण गर्ने यस क्षेत्रकै पहिलो राष्ट्र भएको भन्दै सम्मान गरिएको हो । मालदिव्सले भने आमाबाट बच्चामा सर्ने एचआईभी र सिफलिसको संक्रमण उन्मुलन गरेवापत सम्मान पाएको हो ।

मंगलबार आयोजित साइड इभेन्ट बैठकमा डब्लुएचओ सेरोकी क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले छ देशका प्रतिनिधिलाई सम्मानपत्र वितरण गरेकी थिइन । सो अवसरमा बोल्दै उनले रोग उन्मुलनको लागि हाम्रो सधैको एजेन्डा हो भन्दै यस क्षेत्रमा देखिएको ट्रोपिकल सम्वन्धी रोग नियन्त्रणको प्रयास अवको आवश्यकता भएको बताईन ।

उक्त अवसरमा श्रीलंकाका स्वास्थ्य पोषण तथा स्वदेशी चिकित्सा मन्त्री डा राजिथा सेनारत्नेले दादुरा उम्नुलन सम्वन्धी प्रस्तुति दिएका थिए । श्रीलंका दादुरा उन्मुलन गर्ने यो क्षेत्रको पाँचौँ मुलुक हो । त्यसो त डव्लुएचओले दादुरा उन्मुलन गर्ने कार्यक्रमलाई सन् २०१४ देखि नै प्राथमिकतामा राखेको थियो ।

यस्तै हेपाटाइटिस बी नियन्त्रण गर्ने मुलुक नेपालका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, भुटानका स्वास्थ्य मन्त्री डा डेचन वाङमो, थाइल्याण्डका जनस्वास्थ्य राज्यमन्त्री साथी पिटुटेचा र स्वास्थ्य सेवा महाशाखा बंगलादेशका अतिरिक्त सचिव डा सैदुर रहमनले आ आफ्ना प्रस्तुति राखेका थिए ।

पाँच वर्षमुनीका बालबालिकाहरूमा हेपाटाइटिस बी को प्रकोप दर १ प्रतिशत मुनी पुगेको अवस्थालाई जनस्वास्थ्यका दृष्टिकोणले नियन्त्रण भएको मानिन्छ । यस प्रगतिलाई कायम गर्न सकेमा भविष्यमा कलेजोको क्यान्सर र सिरोसिस हुने दरलाई समेत निकै हद सम्म कम गर्न सकिनेछ ।

यस्तै मालदिव्सका स्वास्थ्य मन्त्री अबदुल्ला अमीनले आमाबाट बच्चामा सर्ने एचआईभी र सीफलिस उन्मुलन गरेको प्रस्तुति दिएका थिए । मालदिव्स यो उपलव्धी हासिल गर्ने दोस्रो राष्ट्र हो । यसअघि थाईल्याण्डले यो उपलव्धी हासिल गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *