प्रधानमन्त्री मोदीद्धारा “स्वस्थ भारत अभियान” को शुभारम्भ


नयाँ दिल्ली, १३ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार स्वस्थ भारत अभियानको शुभारम्भ गरेका छन् ।

देशव्यापीरूपमा चल्ने सो अभियानको उनले राजधानी नयाँदिल्ली स्थित इन्दिरा गान्धी रंगशाला परिसरमा उद्घाटन गरेका हुन् ।

समारोहमा प्रधानमन्त्री मोदीले स्वास्थ्य सम्वन्धी प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

राष्ट्रिय खेलकुद दिवसको अवसरमा स्वस्थ भारत अभियानको सुरुवात गरिएको हो । मेजर ध्यान चन्दको जन्मोत्सवको अवसरमा भारतमा खेलकूद दिवस मनाउने गरिएको छ ।

स्वस्थ रहनका लागि हरेक दिन खेलकूदसम्वन्धी गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने उद्देश्यले अभियानको शुभारम्भ गरिएको अधिकारीहरूले बताएका छन् ।

“आजको दिन महान खेलाडी मेजर ध्यान चन्दको जन्म भएको दिन हो, उहाँले तन्दुरुस्तीका लागि विश्वलाई नै चकित पार्नुभएको थियो,” मोदीले भने ।

अभियानको शुभारम्भ गर्नु अघि विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रधानमन्त्री र सहभागी सवैलाई विभिन्न प्रस्तुति देखाएका थिए ।

देशभरीका सवै शैक्षिक संस्थाहरुले तन्दुरुस्ती र स्वास्थ्यसम्वन्धी गतिविधि तथा खेलकूदहरु तालिकावद्ध तरिकाले गर्नेगरी तयारी गरेको बताइएको छ । रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *