नर्सिङ अध्ययनका लागि अष्ट्रेलिया पुगेका एक हजार नेपाली विद्यार्थीको बिचल्ली
काठमाडौँ, ८ फागुन । नर्सिङ पढ्न भन्दै अष्ट्रेलिया पुगेका एक हजार बढी नेपाली विद्यार्थी विचल्लीमा परेका छन् । डेढ बर्ष देखि पढदै आएको कलेज दर्ता विना सञ्चालित भएको पाइएपछि नेपाली विद्यार्थी विचल्लीमा परेका हुन् ।
विद्यार्थीहरुका अनुसार उनीहरुले पछिल्लो डेढ वर्ष देखि सिड्नीस्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी कलेजमा शुल्क तिरेर डिप्लोमा र एडभान्स डिप्लोमा अफ नर्सिङ तह अध्ययन गर्दै थिए ।
‘हामी त बर्बात भयौँ । सिडनीमा रहेको हामी पढने एआईवीटी भन्ने कलेज त दर्ता नै नभएको कलेज रहेछ । हामीले यतिका समय त्यहाँ शुल्क तिरेर पढ्यौँ । समयको बर्वाद भयो पैसाको सत्यानास भयो । हामी एक हजार बढी नेपाली विदार्थी एकदमै तनावमा छौँ,’ नेपाली टेलिभिजन च्यानल न्युज २४ को सिधा कुरा जनतासंग कार्यक्रममा अष्ट्रेलियाबाट स्काइपमा कुरा गर्दै एक जना छात्राले भनिन् ।
उनका अनुसार एक्पर्ट, अल्फाविटा, कंगारु एजुकेशन एण्ड फाउन्डेशन, वेभ, सनराईज, काठमाडौँ इन्फोसिस, डल्फिन, एविसी माइग्रेसन एण्ड एजुकेशन लगायतका दर्जनौँ कन्सलटेन्सी नेपाली विद्यार्थी सो कलेजमा अध्ययन् गर्न पुगेका हुन् ।
‘हामीलाई कन्सलटेन्सीले झुक्यायो । यस्तो हुनसक्छ भनेर पहिल्यै भनेको भए हामी किन यहाँ आउँथ्यौ ती छात्राले भनिन् । भिसा पनि कसैको दुई हप्ता कसैको एक महिना मात्रै बाँकी छ । अरु कलेजमा भर्ना हुनका लागि पनि गाह्रो छ । हामीले घरबाट ल्याएको र यहाँ कमाएको सबै पैसा एआईवीटीलाई तिर्दा ठिक्क भयो,’ ती छात्राले भनिन् ।
बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसको आग्रह
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको उल्लेख छ ।
“हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ” विज्ञप्तिमा उल्लेख छ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
सम्पर्क इमेल : [email protected]