सडकको धुलो धुँवाबाट बच्न उपत्यकाका ट्राफिक प्रहरीलाई नश्यकर्म तालिम

काठमाडौँ, १२ माघ । काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यरत ट्राफिक प्रहरीलाई प्रदुषणबाट उत्पन्न हुने स्वास्थ्य समस्या र त्यसको न्युनिकरण (नश्यकर्म) सम्वन्धी तीन दिने अभिमुखिकरण तालिम दिइएको छ ।

प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय, आयुर्वैद तथा वैकल्पिक चिकित्सा शाखाको आयोजनामा भएको उक्त तालिममा तीन जिल्लाका ४५ जना ट्राफिक प्रहरी सहभागी थिए ।

दिनहुं धुलो धुंवामा काम गर्नुपर्नै ट्राफिक प्रहरीलाई विभिन्न श्वास प्रश्वास लगायतका स्वास्थ्य सम्वन्धि समस्या भइरहनै कुरालाई ध्यान दिंदै आयुर्वैद तथा अन्य परम्परागत चिकित्साका थैरापी सम्वन्धिको प्रयोगात्मक तालिम सञ्चालन भएको हो ।

उनीहरुलाई तनाव कम गर्नै, वायु प्रदुषण, धुम्रपान, मद्दपान, आयुर्वैदिक खानपान तथा जीवनशैली, योग, प्राणायाम, ध्यान जस्ता विषयहरुको सैदान्तिक कक्षा तथा योग, प्राणायाम, ध्यान, जलनेती, नस्यकर्म जस्ता प्रयोगात्मक कक्ष्ााँ समेत सञ्चालन भएको थियो ।

वैकल्पिक चिकित्सा शाखाका कन्सलटेन्ट आयुर्वेद विज्ञ डा झुलाराम अधिकारीका अनुसार ट्राफिक प्रहरीहरुलाई यस्तो किसिमको तालिम पहिलोपटक दिइएको हो ।

स्वास्थ्य निर्देशनालयका निति तथा यौजना शाखा प्रमुख डा. राजेन्द्र गिरीले आयुर्वेदका पञ्चकर्म अन्तर्गतकौ नस्यकर्म थैरापी काठमाण्डौको प्रदुषणवाट वच्न जो कसैले गर्न अति नै उपयोगि हुने भन्दै ट्राफिक प्रहरीका लागि झन बढी उपयोगी हुने बताए । उनले यो कार्यक्रम नमूनाका रुपमा यो कार्यक्रम प्रदेश नं तीनको ५ वटा जिल्लामा सुरु गर्न लागिएको जानकारी दिए ।

अल्का अस्पतालको हलमा भएको कार्यक्रमको उदघाटन आयुर्वेद विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *