डा. केसीसंग बार्ता गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
काठमाडौँ, १० माघ । डा गोविन्द केसीसंग बार्ता गर्ने बाताबरण मिलाउन नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । उसले सो अवधी भित्र बार्ताको बाताबरण नभए आगामी आइतबार त्रिवि शिक्षण अस्पतालमा जम्मा भई नयाँ चरणको आन्दोलनको छलफल गर्ने बताएको छ ।
संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठद्धारा आज जारी विज्ञप्तीमा प्रधानमन्त्री केपी ओलीले डा केसीसंग गरेको सम्झौँताका बारेमा गरेको टिप्पणीको समेत आलोचना गरेको छ । प्रधानमन्त्री ओलीले विगतको सम्झौँता विशेष परिस्थतिमा भएको भन्दै अक्षरस लागू हुन नसक्ने आसय व्यक्त गरेका थिए ।
संघले डा केसीको जीवनरक्षाका लागि भन्दै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकले गरेको दवावमुलक कार्यक्रम प्रति ऐकेवद्धता जनाएको समेत बताएको छ ।
संघले यसअघि आजै चिकित्सकहरुका विभिन्न पेशागत समूहसंग बृहत छलफल गरेको थियो । सो छलफलको निस्कर्ष निकाल्दै विज्ञप्ती जारी गरेको हो ।
हेरौँ चिकित्सक संघको विज्ञप्ती
प्रेश विज्ञप्ती
नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा डा गोविन्द केसी १६ औं पटक अनसनमा बसेको आज १६ औं दिन भई सक्दा समेत नेपाल सरकारले उहाँको जीवन रक्षाका लागि कुनै चाँसो नदेखाएको, सरकारको तर्फबाट आजको मितिसम्म वार्ता समिति समेत गठन नगरिएकोमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीज्यूबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु, सरकारकै तर्फबाट डा। गोविन्द के।सी।का सम्बन्धमा गलत प्रचार गरी सम्पूर्ण नागरिकहरुलाई दिग्भ्रमित पार्ने सरकारका जिम्मेवार व्यक्तिहरुको अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।
डा। के।सी।को जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले आज मिति २०७५ माघ १० गते संघको कार्यलयमा सम्पूर्ण अस्पतालका निर्देशकज्यूहरु, विभिन्न विशेषज्ञ समाजका अध्यक्ष, महासचिव तथा अन्य प्रतिनिधिज्यूहरु, संघका पूर्व अध्यक्ष, पूर्व महासचिव, विभिन्न संस्थाका आवासिय चिकित्सकहरु तथा अन्य वरिष्ठ चिकित्सकहरुको भेला बोलाई उक्त भेलाबाट संघको कार्यकारिणी समितिलाई दिइएको म्याण्डेट अनुरुप निम्न लिखित आन्दोलनका कार्यक्रमहरु घोषणा गरेकोले देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा संघका सम्पूर्ण शाखा कार्यालयहरुले सोही अनुरुप कार्यान्वयन गर्नु गराउनु हुन यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ ।
१. आजको मितिले ७२ घण्टा भित्र नेपाल सरकारले वार्ता समिति गठन गरी डा. गोविन्द केसीको जीवन रक्षाका लागि ठोस कदम उठाउन नेपाल सरकारसँग जोडदार माग गर्दै सोका लागि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ आफ्नो तर्फबाट नेपाल सरकारलाई दबाब दिने ।
२. त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायत देशभरका मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकहरुले घोषणा गरेको आन्दोलनप्रति नेपाल चिकित्सक संघको पूर्ण समर्थन रहेको ।
३० यदि नेपाल सरकारले आजको मितिले ७२ घण्टा भित्र डा गोविन्द केसीको जीवन रक्षाका लागि ठोस कदम अगाडी नबढाएको खण्डमा मिति २०७५ माघ १३ गते आईतबार दिउसो १ः०० बजे काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रांगढमा उपस्थित भई थप आन्दोलनको स्वरुप बारे बृहत छलफल गर्ने निर्णय गरिएकोले सरोकारवाला सबैमा उपस्थितिको लागि यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ । साथै संघका सम्पूर्ण शाखा कार्यालयहरुले आफूसँग सम्बन्धित शाखा कार्यालयमा जम्मा भई आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र केन्दीय कार्यलयले गरेको निर्णयलाई यथोचित कार्यान्वयन गर्ने गराउने ।
उल्लेखित आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य पारिएको परिस्थितिबाट आम सर्वसाधारणहरुमा पर्न सक्ने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।
डा. मुक्तिराम श्रेष्ठ
अध्यक्ष
सम्पर्क इमेल : [email protected]