खाना खाने बित्तिकै नगर्नुहोस् यी पाँच काम

१. धुम्रपान नगर्नु :

खाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको समस्या निम्त्याउँछ र पेटसम्बन्धी रोगहरु उत्पन्न गराउँछ ।

२. तुरुन्त फलफूल नखानु :

खाना खाएको तुरुन्तै फलफूलको सेवनले खानलाई दुषित गर्छ जसले शरीरमा उर्जा (शक्ति) कम गर्छ । त्यसैले फलफूल खाँदा खाना खाएको आधा घन्टा पछि मात्र खानु उचित हुन्छ ।

३. चिया / कफि :

चिया तथा कफिमा एसिड बढी हुने भएकाले यसले शरीरमा प्रोटिको मात्रालाई नोक्सान पर्याउँछ जसका कारण खाना पचाउनमा समस्या निम्त्याउँछ ।

४. नुहाउनु :

खाना खाएको तुरुन्तै नुहाउँदा हात, खुट्टा तथा शरीरको अन्य भागमा रगतको प्रवाह बढ्छ र पेटको चारैतिर रगतको मात्रा कम हुन्छ जसले डाइजेस्टिव सिस्टमलाई कमजोर बनाउँछ ।

५. मर्निङवाक :

मर्निङवाक गर्नु त राम्रो हो तर खाना खाएर भन्दा हल्का खाना खाएको आधा घन्टा पछि मात्र मर्निङवााक गर्नु राम्रो हुन्छ जसले पेटमा एसिड बनाउन सक्दैन र शरीरलाई फाइदा गर्छ ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *