नेपाल स्वास्थ्य अनुसन्धान परिषदले दोस्रो बैज्ञानिक सम्मेलन गर्दै
काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषदको दोस्रो बैज्ञानिक सम्मेलन हुने भएको छ ।
‘दीगोविकासको लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वन्धी अनुसन्धान ‘ नाम दिइएको सो सम्मेलनमा देशभरका एक हजार बढी बैज्ञानिकले सहभागिता जनाउने छन् ।
परिषदका अनुसार आगामी चैत २८, २९ र ३० गते काठमाडौँमा हुने सो सम्मेलनको राष्ट्रपति विद्या भण्डारीले उदघाटन कार्यक्रम रहेको छ ।
परिषदका सदस्य सचिव डा. खेम कार्कीले सम्मेलनमा देशभरबाट आउने बैज्ञानिकहरुले तीन सय बढी सोधपत्रहरु प्रस्तुत गर्ने बताए ।
उनले नेपालका युवा बैज्ञानिकहरुलाई प्रवर्धन गर्न खोज अनुसन्धानलाई अघि बढाउन सम्मेलन आयोजना गर्न लागिएको बताए । परिषदले गतवर्ष पनि यस्तै सम्मेलन गरेको थियो ।
सम्पर्क इमेल : [email protected]