यसबर्षको ‘रमेश विकल सुशीला समाज सेवा पुरस्कार’ शतक रक्तदाता कर्माचार्यलाई

काठमाडौँ, १६ पुस ।  शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई यस बर्षको ‘रमेश विकल सुशीला समाज सेवा पुरस्कार’ प्रदान गरिएको छ । रक्तदान गर्न अभिप्रेरित गर्ने, जनचेतना जगाउने र सबैभन्दा बढी पटक रक्तदान गरी बिरामीको जीवन बचाउने कार्यमा लागेको भन्दै कर्माचार्यलाई सो पुरस्कार प्रदान गरिएको हो ।

रमेश विकल साहित्य प्रतिष्ठानद्धारा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका संस्कृत,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले कर्माचार्यलाई सम्मान गरेका हुन् ।

उनीसंगै अरु विविध विधामा शीर्ष ब्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । त्यसरी सम्मानित हुनेहरुमा रमेश विकल वाङ्गमय पुरस्कार डा.राजेन्द्र विमल, रमेश बिकल सृजना पुरस्कार पुरूषोतम् सुवेदी,रमेश बिकल बालसाहित्य पुरस्कार सुशीला प्रधानाङ्ग,रमेश बिकल सुशीला सङ्गघर्षशील नारी सेवा पुरस्कार लक्ष्मी शर्मा र रमेश बिकल संगीत पुरस्कार अच्युत राम भण्डारी रहेका छन् ।

यता शनिबार नै बागबजार स्थित ड्रिमप्वाईन्ट एजुकेसनल ट्रेनिङ्ग इन्स्टिच्युट,रजनिस ट्रेनिङ्ग कन्सल्टटेन्ट प्रालि र सम्भव छ नेपालद्वारा संयुक्तरूपमा आयोजित रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्यलाई ‘मातृभूमि सेवा सम्मान-२०७५’ द्धारा सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेकी काठमाडौं महानगरपालिकाका उप(प्रमुख श्रीमती हरिप्रभा श्रेष्ठ खड्गीले उक्त सम्मान प्रदान गरेकी हुन् । प्रथम पटक आयोजित उक्त रक्तदान कार्यक्रममा जम्मा ५० जनाले स्वयंसेवी तवरले रक्तदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *