सामाजिक विकास मन्त्री दुलालद्वारा रसुवा जिल्ला अस्पतालको निरीक्षण
रसुवा, ५ पुस । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बुधबार रसुवा जिल्ला अस्पतालको स्थलगत निरीक्षण गरेका छन् ।
अस्पताल सुदृढीकरण अभियानअन्तर्गत पहिलो पटक जिल्ला अस्पताल निरीक्षण गर्न रसुवा पुगेका उनले अस्पतालले दिएको उपचार सेवाका बारेमा अन्तरङ्ग कक्षमा भर्ना भएका बिरामीसँग जानकारी समेत लिएका थिए । सो क्रममा उनले अस्पताल प्रशासनसंग उपचारका प्रयोग हुने उपकरणदेखि स्वास्थ्य जनशक्तिका बारेमा समेत जानकारी लिएका थिए ।
धार्मिक एवं पर्यटकीय तथा अन्तर्राष्ट्रिय नाकासमेत भएकाले जिल्ला अस्पताल व्यवस्थापन समिति निर्माण गरिसकिएको र स्वास्थ्य क्षेत्रलाई सुदृढ पार्न प्रदेश सरकारले क्रमशः व्यवस्थान गर्दै लग्नेसमेत उनले बताए ।
सो क्रममा मन्त्री दुलालले उपलब्ध साधनस्रोत प्रभावकारी बनाई सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए ।
हाल चार चिकित्सक मात्र कार्यरत रहेको र भिडियो एक्स–रे चलाउने प्राविधिक अहिलेसम्म व्यवस्था नहुँदा बिरामी परीक्षणमा कठिनाइ रहेको बताइएको छ । रासस
सम्पर्क इमेल : [email protected]