संरचना र दरबन्दीका विषयमा जनस्वास्थ्य संघले गरायो स्वास्थ्य सचिवको ध्यानाकर्षण
काठमाडौँ, ४ पुस । निजामती कर्मचारीहरुको एक समूहले समायोजनको प्रक्रियाको विरोधमा प्रधानमन्त्री कार्यालयमा धर्ना दिएकै बेला स्वास्थ्य समूहका कर्मचारीहरु स्वास्थ्य सचिव केदारबहादुर अधिकारीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै थिए ।
ज्ञापनपत्रमा स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको संगठन संरचना र दरबन्दी व्यवस्थापनको कतिपय व्यवस्था चित्तबुझ्दो नभएको संकेत थियो ।
संघका अध्यक्ष श्रीकृष्ण भट्टको अगुवाईमा पुगेको पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले गत ३२ असारको मन्त्रिपरिषदद्धारा स्विकृत दरबन्दी अनुरुप तुरुन्त कर्मचारीहरुलाई उचित कामका लागि उचित व्यक्ति खटाउन सचिव अधिकारीको ध्यानाकर्षण गराएका थिए । कर्मचारी फाजिलमा हुँदा मनोवल गिर्ने भएको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग थियो ।
यस्तै स्थानीय सरकारमा स्वास्थ्य शाखालाई सक्षम र सुदृढ बनाउन कम्तिमा जनस्वास्थ्यमा स्नातक गरेका व्यक्तिलाई नेतृत्व गर्न दिनुपर्ने माग राखेका थिए ।
ज्ञापनपत्र बुझेपछि सचिव अधिकारीले कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गर्ने बाताबरण बनाउन र सोही अनुसार दरबन्दी तथा व्यवस्थापन गर्न लागिएको भन्दै केही समय धैर्य गर्न आग्रह गरे । उनले स्वास्थ्यकर्मीका सबै समूहसंग आफूले छलफल गरेको र मिल्दो उपाय निकाल्ने प्रयास समेत गरेको बताए ।
संघका तर्फबाट सचिवलाई बुझाइएको ज्ञापनपत्र यस्तो छ
सम्पर्क इमेल : [email protected]