पाँच महिने शिशुको जनेन्द्रीय कुकुरले खाइदिए पछि …….
चितवन, ४ पुस । घरमै पालेको कुकुरको बच्चाले पाँच महिने बालकको जनेन्द्रीय (लिंग) खाइदिए पछि मकवानपुरको एक चेपाङ परिवारमा गम्भीर तनावमा परेको छ ।
जिल्लाको राक्सिराङ गाँउपालिका ६ की सिता चेपाङ (नाम परिवर्तन) को पाँच महिने छोराको जनेन्द्रीय आफ्नै घरमा पालेको कुकुरको छाउरोले खाइदिएपछि सो परिवार तनावमा परेको हो । यद्धपी चिकित्सकहरुले अहिले शिशुको शल्यक्रिया गरी पिसाव फेर्न मिल्ने अवस्थामा ल्याइपु¥याएका छन् । उपचार पछि घाउ विस्तारै निको हुँदै गएको बताएका छन् ।
घटना गत २८ मंसिरको हो । पाँच महिने छोरालाई आगनमा सुताएर पानी लिन गएकी सिता घर आइपुग्दा कल्पना नै नगरेको घटना देख्न पुगिन । आगनमा चिहिरिएर रोएको छोरो रगतपिच्छे भएको थियो । कुकुरले टोकेछ कि भनेर हेर्दा जनेन्द्रीय चुडालेर लगिसकेको रहेछ ।
‘श्रीमान बजार काममा जानुभएको थियो । घरमा खानेपानी थिएन । बच्चालाई आगनमा सुताएर पानी लिन गएकी थिएँ,’ चेपाङ्ले भनिन्, ‘आउँदा आफ्नै घरको कुकुरले पाएको दुई महिनाको छाउरोले बच्चाको पिसाव फेर्ने अंग खाईसकेको रहेछ’ सिताले भनिन् ।
तत्कालै परिवारका अन्य सदस्यको साथमा शिशुलाई चितवन ल्याइयो । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा शल्यक्रिया र त्यसपछिको केही दिनको उपचार गरि मंगलबार ( हिजो) चेपाङको परिवार घर फर्केको छ ।
‘शिशुलाई अस्पताल ल्याएको बेला पिसाब नलि समेत देखिएको थिएन्,’पुरानो मेडिकल कलेज भरतपुरका यूरोलोजिष्ट विभागका प्रमुख समेत रहेका डाक्टर सुदिपराज केसीले भने, शल्यक्रिया गरी नलि बनाइयो । अहिले पिसाव फेर्नसक्छ । पछि विस्तारै आकार लिन्छ होला ।
डा. केसीले थपे, शिशुको आमाले त्यसदिन आगनमा सुताएको समयमा बच्चाको पिसाव नली कुकुरले खाईदियो भनेर ल्याउनुभएको थियो । हामीले हेर्दा पिसाव नलिका माथिल्लो भाग थिएन् । बाँकी भाग छालाले मात्र छोपेको थियो ।
पुरुष जनेन्द्रीयमा धेरै नसा हुने भएकाले धेरै रगत बग्ने गर्दछ । तर संयोग नै मान्नुपर्छ घण्टौ लगाएर अस्पताल ल्याईपु¥याउँदा त्यो शिशुको रगत बग्न रोकिएको थियो ।
त्यो शिशुको समयमा बच्चाको रगत रोकिएकाले उपचार गर्न केही सहज भएको डाक्टर केसीले बताए । सानो बच्चाको रगत कम हुन्छ । रगत बगे पनि मकवानपुरबाट तीन घण्टा हिडेर जानुपर्ने ठाउँबाट हिडेर आउनुभएको रहेछ । तर, यहाँ आउँदा रगत रोकिएछ, उनले भने, हामीले तुरुन्तै उपचार गर्यौँ ।’ तुरुन्त उपचार हुन पाएकाले बच्चाको ज्यान जोगिएको उनले बताए ।
शुरुमा भरतपुर अस्पताल लगेपनि त्यहाँबाट शिशुलाई रिफर गरिएपछि शिशुलाई पुरानो मेडिकल कलेजमा राखेर उपचार गरिएको थियो । मेडिकल कलेजका चार जना चिकित्सकको टोलिले पिसाव नलिको सफल शल्यक्रिया गरेको हो ।
‘हाम्रो चिकित्सकको टोलीले बच्चाका प्रजनन् र पिसाव नलिको अप्रेसन ग¥यौँ । अहिले बच्चाले पिसाव पनि गरेका छन् । प्रजनन नलिको शल्यक्रिया पनि राम्रै भएको छ,’ उनले भने, ‘अहिले बच्चालाई रेविज विरुद्धको सुई लगाएका छौँ । बच्चा स्वस्थ छन् ।’ अहिले सम्म यस्तो किसिमको उपचार नगरेको डाक्टर केसीले बताए ।
‘उनले अहिलेको शल्यक्रियापछि पछि प्रजनन कार्यमा खासै अवरोध नहुने संकेत गरे । तर मानसिक रुपमा फेस गर्न गाह्रो हुनसक्ने संकेत गरे । मनोवैज्ञानिक असर पर्न सक्छ,’ उनले भने ।
उनले यो घटनाले स साना शिशुको स्याहारमा अभिभावकले विशेष ध्यान दिनुपर्ने पाठ सिकाएको भन्दै एक्लै नछाड्न समेत आग्रह गरे । शहरमा त झन् घर घरमा कुकुर पाल्ने चलन छ । यस्ता जनावरसंग शिशु तथा बालबालिकाहरुलाई छाड्न हुँदैन । ध्यान दिनुपर्छ । उनले भने ।
सम्पर्क इमेल : [email protected]