डा. पुष्पा चौधरी प्रकरण : अन्तरिम आदेश खारेज गर्ने सरकारी मागको विपक्षमा आदेश
काठमाडौँ, ३ पुस । सर्बोच्च अदालतले तत्कालिन स्वास्थ्य सचिव डा पुष्पा चौधरीको पक्षमा यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । डा. चौधरीलाई यसअघि दिएको अन्तरिम आदेश खारेज गरिपाउँ भन्दै सरकारका तर्फबाट दायर भ्याकेट माथि सुनुवाई गर्दै सर्बोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्धय मिरा खड्का र ईश्वर खतिवडाको संयुक्त इजलासले सरकारको माग बमोजिम नहुने निर्णय गरेको हो ।
सर्बोच्चका प्रवक्ता भद्रकालि पोखरेलले भने, ‘आजको पेशी सर्बोच्चले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्ने विषयमा थियो । त्यो सरकारले माग बमोजिम भएन ।’
सचिव डा. चौधरीले अदालतको आजको आदेशपछि स्वास्थ्य मन्त्रालयमा गएर हाजिर हुने क्रमलाई निरन्तरता दिने बताइन ।
गत २८ असोजमा बसेको मन्त्रिपरिषद बैठकले सचिव डा चौधरीलाई स्वास्थ्यबाट प्रधानमन्त्री कार्यालय तान्ने निर्णय गरेको थियो । त्यस विरुद्ध डा चौधरी १५ कात्तिकमा सर्बोच्च पुगेकी थिइन ।
सर्बोच्चले १६ कात्तिकमा प्रारम्भिक सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश र निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
सरकारले भने यसबीचमा स्वास्थ्य सचिवको रुपमा केदारबहादुर अधिकारीलाई पठाएको छ ।
सम्पर्क इमेल : [email protected]