पेट देखि छातीसम्म जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु
सुर्खेत, १० मंसिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ ।
तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको शनिबार राती मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन ।
श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिए । “भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो”, उनले भने, “मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिदैन ।”
ललिताको ज्यान जोगाउन चिकित्सक सफल भएका थिए ।
यो पनि हेर्नुहोस………….
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]