सुर्खेतकी ‘सी अनमी’ सीता ‘ईन्टिग्रीटी आईडल’को उत्कृष्ठ पाँचमा

सुर्खेत, ७ मंसिर । बीरेन्द्रनगर नगरपालिकामा कार्यरत सिनियर अनमी सीता कुमारी शर्मा ‘ईन्टिग्रीटी आइडल नेपाल–२०१८’ को  उत्कृष्ट पाँच जना  कर्मचारीमा छानिएकी छन् ।

सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने उत्कृष्ट कर्मचारीलाई ‘ईन्टिग्रीटी आइडल नेपाल–२०१८’ घोषणा गर्ने गरेको छ ।

सन् २०१४ देखि इन्टेग्रिटी आइडल घोषणा गर्दै आएको ल्याबले गत वर्ष पुसमा सूचना प्रकाशित गरी कर्मचारीलाई आवेदन दिन जानकारी गराएको थियो । यस वर्ष, देश भरिका ७२ जिल्लाबाट एक हजार ६२ कर्मचारीले आवेदन दिएका थिए ।

नेपालभरबाट छानिएका कर्मचारीहरु मध्ये सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा सीता पनि उत्कृष्ट ५ मा छानिएकी हुन । उनि स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल कै उत्कृष्ठ अभियन्ता पनि हुन् ।

उनले सुर्खेतमा रहेका दलित, उत्पिडित, मुस्लिम बस्ती, विद्यालय तथा अन्य क्षेत्रमा गएर निशुल्क रूपमा आफ्नै खर्चमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै, स्वास्थ्य सम्बन्धी शिक्षा एवं सचेतना जगाउँदै आएकी छन् । उनी भन्छिन ूमलाई आम मानिसहरूको स्वास्थ्यमा सुधार गर्दै अघि बढ्ने ठुलो इच्छा छ । जहाँ सचेतना छैन त्यस ठाउँमा सचेतना र सहयोग गर्नुपर्छ ।ू

उनले वीरेन्द्रनगर सुर्खेतका सबै क्षेत्र, विद्यालय, दलित, वाढीपिडीत, अनाथालय र बृद्दाश्रम वस्तीहरूमा विदाको दिनमा समेत गएर निशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य सम्बन्धी शिक्षा एवं सचेतना जगाउने कार्य गर्दै आएकी छन् । उनले विभिन्न विकट स्थानहरूमा समेत बसी स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ठ काम गरे बापत यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्कृष्ठ स्वास्थ्यकर्मी पुरस्कार र विभिन्न स्वास्थ्य तथा सामाजिक संघसंस्थाहरूबाट समेत सम्मान पुरस्कार पाएकी छन् ।

आफु निश्वार्थ भावनाले जनताको सेवामा समर्पित रहेकी कुशल, मेहेनती र लगनशील स्वास्थ्यकर्मी एवं सामाजिक, स्वास्थ्य अभियन्ता आफुलाई Integrity Idol मा जिताउन भोट गर्न आग्रह गरेकी छन् ।

उनलाई भोट गर्नका लागि मोबाइलको मेसेजबक्समा गइ IIN<space>5 टाइप गरी 34001 मा पठाउने वा www.integrityidol.org
मा लग अन गरी Sita Kumari Sharma को तल पट्टी लेखेको Vote मा क्लिक गरेर भोट दिन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *