औषधि व्यवसायी सङ्घ प्रदेश संरचनामा

काठमाडौँ, १३ कात्तिक । नेपाल औषधि व्यवसायी सङ्घ विधिवत् रुपमा प्रादेशिक संरचनामा गएको छ ।

सङ्घले आफ्नो विधानलाई संशोधन गरी साविकको अञ्चल कार्यालयलाई खारेज गर्दै प्रादेशिक संरचनामा गएको हो । नयाँ विधानअनुसार सङ्घको संरचना केन्द्र, प्रदेश र जिल्ला तहमा रहने सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घ स्थापना भएको करीब ४६ वर्षपछि भएको नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय समिति २८, प्रदेश समिति १९ र जिल्ला समिति ११ जनाको हुने र सोको कार्यकाल तीन वर्षको हुनेछ ।

सङ्घको नेपालगञ्जमा हालै सम्पन्न साधारणसभाले विधान संशोधन गरेको सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिए । सङ्घका पूर्वअध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा विधान संशोधन समिति गठन गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *