प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : ज्वरो बस्यो, खाना खाए, घ्यार घ्यार पनि कम भयो

काठमाडौँ, १२ कात्तिक ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा विहान साढे ३ बजे देखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार विहान ३ बजे देखि ज्वरो आउन छाडेको छ ।घाटीको घ्यार घ्यारको समेत कम हुँदै गएको छ । दिउसो देखि ओलीले घरबाटै ल्याएको जाउलो भात, दाल तरकारी खाएका छन् । 

प्रधानमन्त्री ओलीलाई दशैं पूर्णिमाको अघिल्लो दिन दिन देखि रुघा खोकी र ज्वरो आउन थालेको थियो ।

उपचार चल्दै गएपनि चाडपर्वको चटारो, पार्टी र सरकारको नेतृत्व गरेका ओलीलाई धपडी बढदै गयो । निजी चिकित्सक डा दिलिप शर्माले अरु चिकित्सकको साथ लिएर बालुवाटारमै उपचार त शुरु गरे तर सुधार आएन । आज एका विहानै साढे तीन बजे चिकित्सकको टोलीले मनमोहन अस्पताल पुर्यायो ।

अस्पताल पुर्याएपछि व्लड सुगर, क्रियाटिनिन, छातीको एक्सरे, इको लगायतका परीक्षण गरियो । इन्फ्लुएन्जा ए एच१ एन१ को परीक्षण गर्न हिजो विहानै दिएको थ्रोट स्वाबको रिपोर्ट समेत हेरिएको थियो ।  ती सबै रिपोर्ट सन्तोषजनक आएको आएको चिकित्सकहरुले बताएका छन् ।

‘खासमा अहिलेको अवस्था पोष्ट भाइरल ब्रोन्केलाइटिस हो,’ उपचारमा सम्लग्न टोलीका एक सदस्य डा. शन्तकुमार दासले भने, ‘त्यसैको कारण घाँटीमा घ्यार घ्यार भएको हो । हामीले अहिलेको उपचार त्यसैमा केन्द्रीत गरेका छौँ ।’

अस्पतालबाट बेलुका छ बजे जारी विज्ञप्तीमा रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ ।

यसैबीच मनमोहन सेन्टरले प्रधानमन्त्रीको उपचारका लागि बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीको संयोजकत्वमा प्राडा दिव्या सिंह शाह र डा. सन्तकुमार दास सदस्य रहेको उपचार टोली गठन गरेको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *