जनस्वास्थ्य र स्वास्थ्य˗नीतिको अन्तरसम्बन्ध
- नविन लामिछाने,
एउटा बिरामीको रोगको उपचार गर्ने निश्चित नियम प्रणाली हुन्छन । जव मानिस बिरामी हुन्छ, उ अस्पताल जान्छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले उसको विवरण लिन्छन् ।
बिरामीलाई के˗के भयो, त्यो बारेमा सोध्छन् । चिकित्सकले बिरामीलाई हेर्दछन, जांच गर्दछन सम्भावित रोग के हुन सक्छ भनेर अन्दाज गरेर दिशा, पिसाव,रगत लयायतका शरीरका बस्तुहरुको ल्याब परीक्षणको लागि पठाउँछन् ।
यी सम्पूर्ण तथ्यांकहरु लिई सकेपछी बिरामीको भनाई, आफ्नो हेराई र ल्याबबाट प्राप्त नतिजाको विशेषण गरेर रोग पहिचान गरेर बिरामीलाई आबश्यक पर्ने औषधि उपचार र सर˗सल्लाह प्रदान गरिन्छ ।
बिरामीको रोग पहिचान, उपचार, प्रगोगशाला परीक्षणको शिलशिलामा चिकित्सक, नर्स, ल्याव˗परीक्षक, फार्मासिस्ट, पारामेडीक्स, लगायतका मानव संसाधनहरुको सहयोगमा बिरामीसंगको प्रत्यक्षरुपमा सहभागी हुँदै चिकित्सकले निर्देशित र नेतृत्वदायी भूमिका खेल्छन । त्यसकारण बिरामी तथा बिरामीका आफन्तहरुले चिकित्सकलाई मुख्य जिम्मेवार ठान्दछन र बिरामीलाई केही भएमा चिकित्सक माथि प्रश्न गर्दछन् । तर बिरामीको व्यवस्थापन, उपचार एउटा टिमवर्क हो, जसमा अस्पतालको कर्मचारी, व्यवस्थापक देखि सबैको आफ्नो˗ आफ्नो जिम्मेवारी हुन्छ भन्ने कुरा बझ्नु जरुरी हुन्छ ।
जवसम्म मानिस आफ्नो स्वास्थ्यमा कठिनाई महसुस गर्दैनन् तबसम्म उनीहरु अस्पताल जादैनन् । बिरामी भएपछी के गर्ने कहाँ जाने, त्यो एउटा पाटो भयो । तर स्वास्थ्य रहिरहन, अझ बढी स्वास्थ्य र तन्दुरुस्त हुन के गर्ने ? स्वास्थ्य भएर बाचिरहन के˗के गर्ने भन्ने कुरा पनि उत्तिकै महत्वपुर्ण हुन्छन् । हामी जस्तो गरीब देशमा सरकार र दुर्गम क्षेत्रमा बस्ने जनताको लागि यस्ता कुरा प्राथमिकतामा पर्दैनन्,।
स्वास्थ्य भएर उत्पादनशिल जीवन जीउने सबैको चाहना हुन्छ र तर समुदायमा सधै यस्तो हुदैन यद्धपि मानिसहरु स्वास्थ्य होउन, बिरामी नहुन भन्ने कुरा असम्भव पनि छैन, खाना, पानि, हावा, फोहोर, माटो, बातावरणको अवस्थालाई नियन्त्रण गर्न सको बिरामीको संख्या घटाउन सकिन्छ ।
चिकित्सकले एउटा बिरामीको स्वास्थ्य समस्या हल गर्न बिभिन्न बिधि अपनाए जस्तै जनस्वास्थ्यकर्मी वा जनस्वास्थ्यविद्हरुले समुदायको अबस्था हेरेर, समुदायका मानिसहरुलाई सोधेर, आफ्नो ज्ञान र सीपको प्रयोग गरेर समुदायको बास्तबिक स्वास्थ्य समस्या र तिनको कारणहरु पत्ता लगाउछन् ।
स्वास्थ्य समस्यालाइ पत्ता लगाउन स्थानिय जनताको ज्ञान, बुझाई, धारणा अभ्यास आदीको तथ्याकं संकलनबाट प्राप्त जानकारी, आफ्नो ज्ञान र सीप, अनि समुदायसगंको छलफल पश्चात त्यसको बिश्लेषण गरेर समुदायकोे सहि स्वास्थ्य समस्या पत्ता लाग्दछ । त्यति भइसके अब त्यो निश्चित स्वास्थ्य समस्या सामाधान गर्न ब्यक्ति, समुदाय, सरोकारवाला, सरकार र सम्बन्धित निकायहरुले कस्तो नीति अबलम्बन गर्नु पर्ने हो भन्ने कुरा ज्ञान हुन्छ, जसरि एउटा चिकित्सकले बिरामीको भनाइ, आफ्नो हेराई, र ल्यावको नतिजाताको आधारमा बिरामीलाई कुन रोग लागेको हो कस्तो उपचार उपचार गर्ने भनेर एउटा सोच बनाउंछ ।
जनस्वास्थ्यकर्मीले निश्चित समुह, जनसंख्या, गाउ, जिल्ला, राष्ट्रिय तहमा कस्ता प्रकारका स्वास्थ्य समस्याहरु रहेछन्, तिनको अबस्था, फैलावट, तिनका कारणहरु के के छन् भनेर पत्ता लगाएर नीतिहरु बनाउदा स्वास्थ्य समस्याहरुको दीर्घकालिक समाधानमा सहयोग पुग्दछ । निश्चय पनि यो प्रक्रिया लामो र खर्चिलो हुनसक्छ तर मूल कुरा यसैमा छ किनभने यसरी नीतिको आधारमा बनेको योजनाले राम्रो प्रतिफल दिन्छ भन्ने कुरा यहाँनिर बुझ्नुपर्ने हुन्छ ।
के साचिकै हाम्रोे देशमा स्वास्थ्य नीतिहरु निर्माण गर्दा समुदायको आवश्यकता र समस्याहरुलाई मध्यनजर गरेर बनाईन्छ ? हाम्रो देशमा स्वास्थ्य नीति बनाउदा सामान्याताया नाम चलेका २˗४ जना विज्ञहरुको समूह बनाईन्छ र तिनीहरुलाई निश्चित समय दिएर तयार गरिएको प्रतिवेनमाथिको छलफल, राय र सुझावको आधारमा बनेको डकुमेन्टलाई नीति बनाएर लागु गरिएका अभ्यासहरु छन् ।
सबैभन्दा पहिला कसको लागि स्वास्थ्य नीति बनाईएको हो स्वास्थ्य नीति बनाउदा कस्ता प्रकारका बिज्ञहरुलाई समाबेश गर्ने भन्ने कुरा ज्यादै नै महत्वपुर्ण छ ।
सन् १९८६ मा क्यानाडामा सम्पन्न भएको स्वास्थ्य प्रबर्धन सम्बन्धि पहिलो अन्र्तराष्ट्रिय सम्मेलनले भनेको कुरा यहा राख्नु सान्दर्भिक होला भन्ने ठानेको छु । जसानुसार स्वास्थ्यको दायित्व देशका स्वास्थ्य मन्त्रालय वा चिकित्सक वा स्वास्थ्यकर्मीहरुको मात्र होइन यो सर्वपीक्षय र सर्वक्षेत्रिय दायित्व हो जस्तै कृषि, शिक्षा, खानेपानी, सरसफाई आदि आदि । जस्तै : ढल निर्माण गर्ने निकायले राम्रो संग निर्माण गरिदिएन भने स्वास्थ्य समस्याहरु बढ्न सक्छन । त्यसैले स्वास्थ्य बहुपक्षीय जिम्मेवारी हो भन्ने कुरा अब प्रस्ट हुनु जरुरी छ । त्यसैले स्वास्थ्यनीति बनाउदा स्वास्थ्य क्षेत्रका सबै विधा, सबै तह र तप्कामा काम गर्ने चिकित्सक, जनस्वास्थ्यविद्, स्वास्थ्य प्रशासक देखि तल्लो तहमा काम गर्ने स्वास्थ्यकर्मीहरुको टीम बनाएर गर्नु पर्ने हुन्छ ।
नेपालमा पहिलो पल्ट २०४८ सालमा पहिलो राष्ट्रिय स्वास्थ्य नीति, त्यसैगरी २०७१ सालमा दोर्श्रो स्वास्थ्य नीति बनेको थियो र मुलुक संघियतामा प्रवेश गरे संगै २०७४ भाद्र महिनामा तत्कालिन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा १० सदस्यीय उच्चस्तरीय राष्ट्रीय स्वास्थ्य नीति निर्माण समिति गठन भएर त्यसले राष्ट्रीय स्वास्थ्य नीतिको पहिलो मस्यौदा तयार सुझावको स्वास्थ्य मन्त्रालयको वेवसाईटमा राखेको छ ।, तर त्यसको अन्तिम मस्यौदा अहिलेसम्म बनेको छैन, यसमा बहस र छलफल जरुरि होला । तर मुलुक संघियतामा गएर प्रदेश र स्थानिय सरकार गठन भईसक्दा पनि मूल राष्ट्रिय स्वास्थ्य नीति अहिलेसम्म नबनेर स्वास्थ्य क्षेत्र अलमलको स्थितिमा छ ।
स्वास्थ्य नीति बनाउदा त्यसको नेतृत्व कसले गंर्यो भन्ने कुरा पनि महत्वपुर्ण रहन्छ, त्यसको लागि सम्बन्धित जनस्वास्थ्यको क्षेत्रमै कार्य गरेका बिशषज्ञ हरुले गर्दा रार्मो हुन्छ किनभने एउटा जनास्वास्थ्यविदलाई सकेसम्म सबै प्रकारका स्वास्थ्यका आयाम हरुको बारेमा अध्ययनताका जानकारी दिईएको हुन्छ जस्तै समाजसास्त्र, मानवशस्त्र, जनसख्यां, अर्थशास्त्र, राजनीति, अनुसन्धान, तथ्याकंशास्त्र आदी, जसले यी बिषयहरुको आधारभुत ज्ञान दिनुका साथै सम्बन्धित क्षेत्रका विद्वानहरु संग समन्वय गरी नीति निर्माणमा सहयोग गर्न सक्छन् ।
स्वास्थ्य नीति निर्माणमा जनस्वास्थ्यबिद्हरुको सहभागितालाई सरकारले पनि बुझ्नुपर्ने देखिन्छ । त्यसै नीति निर्माणमा तल्लो तहका स्वास्थ्यकर्मी, तीनका अनुभव, ग्रामिण भेगका गरीव जनताको भोगाईलाई समेत ध्यानदिने हो भने राम्रो स्वास्थ्य नीति बन्न सक्छ।
स्वास्थ्य नीति बनेपश्चात यिनलाई कार्यन्वयन गर्नको आबश्यक बाताबरण तयार गर्ने, समुदाय व्यक्ति र सरंचनाको शसक्तिकरण र सुधार गर्ने कुराहरु पनि त्यतिकै महत्वपुर्ण छन् । यस प्रति सम्पुर्ण जनस्वास्थ्यकर्मीहरुले आफनो बिषयवस्तुमा काविल वन्दै देश प्रदेशमा बन्ने स्वास्थ्य नीति निर्माणमा चासो दिनु जरुरी देखिन्छ ।
#लामिछाने पूर्वाञ्चल विश्वविद्यालय जनस्वास्थ्य विभागका उपप्राध्यापक हुन् ।
सम्पर्क इमेल : [email protected]