सूर्तिजन्य पदार्थको प्रयोग घटाउन भारतले ‘क्विट लाइन – टोल फ्रि नम्बर’ शुरु गर्दै

नयाँ दिल्ली, ११ भदौ । भारतमा आउँदो सेप्टेम्बर महिनाबाट सबै सूर्तिजन्य पदार्थको प्याकेटमा ‘टोवाको क्विट लाइन टोल फ्रि नम्बर’ छापिने भएको छ । बढ्दो सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न केन्द्रीय स्वास्थ्य मन्त्रालयको निर्देशनमा प्याकेटमा क्विट- लाइन टोल फ्रि नम्बर छाप्ने व्यवस्था गरेको हो ।

गत सोमबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले यससंग सम्वन्धित नयाँ चित्र जारी गरिसकेको छ । यो व्यवस्था आउँदो १ सेप्टेम्बरबाट देशभर लागू हुने बताइएको छ ।

स्वास्थ्यका अधिकारीहरु भन्छन्, यो नम्बरमा फोन गर्ने सेवनकर्ताहरुले सूर्तिजन्य पदार्थको लत छाड्न निशुल्क रुपमा मद्धत पाउनेछन् ।
त्यसो त भारत सरकारले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सूर्तिजन्य पदार्थको प्याकेटको ८५ प्रतिशत भाग चेतावनी मुलक चित्रअंकित स्वास्थ्य सन्देशले छोप्नुपर्ने व्यवस्था गरेको छ । त्यसमा क्यान्सरका रंगिन चित्र सहित तंबाकू दर्दनाक मौतका कारण बनता हैँ तंबाकू से क्यान्सर होता हैँ जस्ता सन्देश लेखिनुपर्छ ।

मन्त्रालयले आउदो १ सेप्टेम्बरबाट ती सन्देश सहित क्विट टुडे कल १८००-११- २३५६ सन्देश छाप्नपर्ने हुन्छ ।

मन्त्रालयले यो सन्देश चेतावनीमुलक स्वास्थ्य सन्देशसंगै सेतो अक्षरमा कालो रंगको पृष्ठभुमीमा छाप्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार क्विट लाइन नम्बरमा फोन गर्ने व्यक्तिको नशाको लत छाडनेका लागि निशुल्क उपाय बताइन्छ ।

चुरोट, बिडी, तमाखु, खैनी गुट्का जस्ता सूर्तिजन्य पदार्थको प्रयोगले प्रत्येक बर्ष संसारभर ७० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । भारतमा मात्रै क्यान्सरबाट प्रत्येक बर्ष १० लाख बढीले ज्यान गुमाउने गरेको अनुमान छ । यसलाई नियन्त्रण गर्न सरकारले टोल फ्रि क्विट नम्बरको व्यवस्था गरेको हो ।

सूर्तिजन्य पदार्थको प्रयोगले मुखको क्यान्सरको खतरा
सूर्तिजन्य पदार्थको प्रयोगबाट सबैभन्दा बढी मुखको क्यान्सर हुन्छ । देशमा अहिले पनि मुखको क्यान्सर विकराल रुप लिएको छ । धूमपान तथा अस्वस्थकर खानपान बाट युवाहरुको मुख, घाटी तथा अन्न नलिको क्यान्सर हुने सम्भावना दोब्बर बढी हुन्छ ।

मुखको क्यानसरका लक्षण

  • सेतो वा रातो दाग जो घाटी वा मुखमा लामो समय देखि हुन्छ
  • मुख तथा घाटीमा गाँठो हुनु
  • चवाउने, निल्न तथा बोल्न कठिनाई हुने वा दुखाई हुने
  • मुखबाट रगत आउनु
  • तौल घटदै जानु
  • दुर्घन्दयुक्त सास छोडनु
  • स्वास लिँदा वा बोल्दा अप्ठेरो महसुस हुनु
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *