बच्चा सुतेन ? अनि तपाईँलाई पनि निन्द्रा लागेन ? यी हुनसक्छन् समाधानका उपाय
मानिसलाई निन्द्राको कमीले स्वास्थ्यमा नकारात्मक असर पार्छ । चाहे त्यो बच्चा होस् चाहे युवा चाहे बृद्ध नै किन नहोस् । निन्द्राको कमीले अल्छी लाग्ने सिकाई तथा काममा ध्यान केन्द्रित गर्न नसकिने, व्यवहारमा परिवर्तन हुने, रिस उठ्ने, झिझ्झिने, मोटोपन आदि जस्ता समस्याहरु निम्त्याउन सक्छ ।
त्यसैले यस्ता कारणहरु जसले तपाईँको बालबच्चा तथा तपाईँलाई नै निन्द्रामा समस्या उत्पन्न गरेका छन् ती समस्याहरुलाई तत्काल चिर्नु बुद्धिमानी ठहर्छ । त्यसका लागि निम्न उपाय अपनाउन सकिन्छ ।
१. स्कुल पछि बच्चालाई टि .भी. मोबाईल, ल्यापटपको सट्टा शारीरिक व्यायाम तर्फ लगाउनुस् । स्कुलमा लामो सिकाईपछि उनीहरुलाई मनोरञ्जनको आवश्यकता पर्दछ । त्यसको लागि शारीरिक खेल तर्फ आकर्षित गर्नाले राम्रो र मिठो निन्द्रा लाग्न मद्दत गर्छ ।
२. ईलेक्ट्रोनिक सामानहरु (ल्यापटप, मोबाईल, टीभी .)बेडमा नराख्नुहोस् । यसले निन्द्रा खल्बल्याउछ ।
३. बालबालिकाहरुलाई टीभी., मोबाईल, भिडियो गेम आदिमा हुने हिंसाजन्य सामाग्रीबाट सकेसम्म टाढा राख्नुस् । यस्ता हिंसाजन्य भिडियो सामाग्रीका कारण राती नराम्रो सपना आई निन्द्रा खल्बलिन सक्छ ।
४. सुत्नुभन्दा आधा देखि एक घण्टा अगाडि देखि किताब पढ्ने, संगीत सुन्ले, रचनात्मक काम गर्ने आदि गर्नु पर्दछ । यसले मिठो निन्द्रा लाग्न मद्दत गर्छ ।
५. बेडरुमलाई नो अनलाईन जोन बनाउनुहोस् । म्यासेज, टेक्स तथा अन्य अनलाईन गतिबिधि बेडरुम बाहिरको स्थानमा मात्रै गर्ने ब्यबस्था मिलाउनुहोस्
६. ध्यान तथा योग गर्न प्रयास गर्नुस् । यसले तपाईँको मन तथा मष्तिस्कलाई स्थीर राख्न मद्दत गर्छ ।
७. यसबाहेक अनलाईनमा पाईने मष्तिस्कलाई शान्त राख्ने बिभिन्न संगीतका धुनहरु पनि सुत्नु अगाडि सुन्न सक्नुहुन्छ । यसले चाडै निन्द्रा लाग्न मद्दत गर्छ ।
- एजेन्सी
सम्पर्क इमेल : [email protected]