स्वास्थ्यले सात सहसचिवलाई तोक्यो संघीयता कार्यान्वयन कार्यदलको संयोजक
काठमाडौँ, १४ चैत । संघीयता कार्यान्वनय प्रक्रियालाई अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात जना सहसचिवललाई संघीयता कार्यान्वयन कार्यदलको संयोजक तथा प्रदेश फोकल पर्सन तोकेको छ । गत ५ चैतमा बसेको सचिवस्तरीय बैठकले विभिन्न सात वटा विषयमा कार्यदल गठन गरी संयोजक तोकेको हो ।
तोकिएका संयोजकहरुमा स्वास्थ्य नीति रणनीति कार्यान्वनय योजनामा मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंह, क्षमता विकास, तालिम अभिमुखिकरणका लागि स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारी र स्वास्थ्य सेवा प्रवाहका लागि पुर्नजागरण महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेल तोकिएका छन् ।
यस्तै गरी ऐन नियम निर्माणका लागि व्यवस्थापन महाशाखाका निर्देशन डा भीम सिंह तिंकरी, कर्मचारी समायोजनका लागि बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ, बजेट र योजनाका लागि स्वास्थ्य मन्त्रालयका सहसचिव डा श्रीकृष्ण गिरी र स्वास्थ्य संरचनाका लागि मोहमद दाउद संयोजक तोकिएका छन् ।
यस्तै बैठकले यी सात जनालाई सात प्रदेशको फोकल पर्सनको जिम्मेबारी दिइएको छ । प्रदेश नं १ को फोकल पर्सन भोगेन्द्रराज डोटेल, २ मा मोहमद दाउद, ३ मा डा दीपेन्द्ररमण सिंह रहेका छन् । यस्तै ४ मा श्रीकृष्ण गिरी, ५ मा चुडामणी भण्डारी, ६ मा महेन्द्रप्रसाद श्रेष्ठ र ७ मा डा भीम सिंह तिंकरी तोकिएका छन् ।
यता मंगलबार मात्रै सचिवस्तरीय अर्को बैठकले दुईवटा कार्यदल गठन गरेको छ । संरचनाका विषयमो गत सोमबार डाकिएको छलफलमा चिकित्सक र जनस्वास्थ्य समूहबीच कसको नेतृत्वमा निकायहरु रहने भन्ने विषयमा विवाद भएपछि त्यसलाई मत्थर पार्न समिति गठन गरिएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]